४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लक्षको ५५ प्रतिशत मात्रै राजस्व संकलन

आर्थिक मन्दीका कारण माग घरेर आयात खुम्चँदै जाँदा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित बनेको छ। चालु आर्थिक वर्षको साउन महिना देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले चैत महिनामा पनि लक्षभन्दा न्यून राजस्व संकलन गरेको छ।

विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार चालु आर्थिक वर्षको चैत महिनामा लक्षको ५५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। चैत महिनाका लागि ५ अर्ब ४५ लाख १० हजार लक्ष तोकिएकोमा २ अर्ब ८० करोड १४ लाख ४८ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार फागुन महिनामा  विराटनगर भन्सार कार्यालयले ५ अर्ब ३७ करोड ३३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष लिएकोमा ३ अर्ब ७ करोड १९ लाख ३७ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो। फागुन महिनामा लक्षको तुलनामा ५७.१७ प्रतिशत राजस्व संकलन भएको थियो। माघ महिनामा लक्षको ५३ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।

विराटनगर भन्सार कार्यालयलाई माघ महिनाका लागि ५ अर्ब १५ करोड २६ लाख ४६ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कर्याालयले २ अर्ब ७३ करोड ११ लाख १५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। पुस महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब २३ करोड ७८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा लक्षको ४६ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। पुस महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४२ करोड ५९ लाख २७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। यस्तै मंसिर महिनामा ४ अर्ब ९२ करोड ६१ लाख ४८ हजार रुपैयाँ लक्ष तोकिएकोमा  २ अर्ब ३३ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

कात्तिक महिनामा ४ अर्ब ७७ करोड ५० लाख ७८ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सारले २ अर्ब ९३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। असोजमा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ संकलनको लक्ष तोकिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।  भदौमा ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। साउनमा ३ अर्ब ६४ करोड ८६ लाख ६१ हजार रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ९५ करोड १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको थियो।  चालु आर्थिक वर्षको ९ महिनामध्ये  लक्षको सबै भन्दा बढी साउन महिनामा राजस्व संशलन भएको थियो। साउन महिनामा लक्षको ८०.९० प्रतिशत राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षको ९ महिनामा विराटनगर भन्सार कार्यालयलाई ४३ अर्ब ९४ करोड १८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष तोकिएकोमा २५ अर्ब १४ करोड ८० लाख ८२ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

प्रकाशित: २४ वैशाख २०८० १४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App