४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सूूर्याेदयको नीति कार्यक्रम पारित

फाइल तस्वीर।

आउँदो आर्थिक वर्ष २०८०-०८१ का लागि सूर्याेदय नगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ। तेह्रौं नगरसभाको दोस्रो बैठकले वैशाख ८ को बैठकमा प्रस्तावित नीति–कार्यक्रम संशोधनसहित पारित गरेको हो।

मेयर रणबहादुर राईले अघिल्लो बैठकमा राखेको प्रस्तावमा नगरसभा सदस्यहरूले कतिपय विषय दोहोरिएको, समूहबद्ध र संक्षेपीकरण गर्न सुझाएपछि नीति–कार्यक्रम संशोधनसहित पारित भएको प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए।

सभामा आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माले समितिअन्तर्गत पर्ने विषय क्षेत्र तथा उपक्षेत्रका नीति कार्यक्रम प्रस्तुत गरे। भौतिक पूर्वाधार विकास समिति संयोजक पेमाउग्येन लामा, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक राजकुमार सेरेङ, सामाजिक विकास समिति सदस्य शिवकुमार बस्नेत, सुशासन तथा संस्थागत क्षमता विकास समिति संयोजक सोनाम छिरिङ लामाले आआफ्ना विषयगत समितिका नीति कार्यक्रम सभामा पेस गरेका थिए।

प्रकाशित: १४ वैशाख २०८० ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App