६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एभरेष्ट र कर्जा सुरक्षण कोष बीच सम्झौता

एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङ र कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षर भएसँगै बैंकले लघु वित्त तथा विपन्नवर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा प्रतिव्यक्ति दश लाख र धितो जमानीमा प्रतिव्यक्ति बीस लाख रूपैयाँ लगानी गर्ने, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत प्रति व्यक्ति दश लाख रूपैयाँ लगानी गर्ने, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति तीन लाख रूपैयाँ लगायतको कर्जा कोषले सुरक्षण गर्ने भएको छ।

प्रकाशित: ६ वैशाख २०८० ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App