६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघमा साना व्यवसायीहरुको प्रतिनिधित्व बढाउने गरी काम गर्छु: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद बहाली ग्रहण गरेका छन्।

आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पद बहाली ग्रहण गरेका हुन। महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन। ढकालले गत बिहीबार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। ढकालले गत बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए पनि आइतबार मात्रै अध्यक्षको पद बहाली गरेका हुन। 

अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासंघको नेतृत्व गर्न सक्छ भन्ने उदारण आफैँ भएको बताएका छन्। उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रुपमा काम गर्दा सफल हुने बताए। अध्यक्ष ढकालले सानो व्यवसाय पनि इमानदारिताका साथ काम गर्दै जाँदा सानो व्यवसायीले पनि महासंघमा पुग्नसक्ने बताए। उनले कतिपय व्यवसायीहरुलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्तामा रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले सानो व्यवसायीहरुको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिवद्धता जनाए। उनले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिवद्धता व्यक्त गरे। 

उनले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो लगानीको वातावरण बनाउन पहल गर्ने बताए। उनले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातावरण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरू सरकार,नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताए। उनले सरकार र निजी क्षेत्र बिच साझेदारी ग¥यो भने मात्रै व्यावसायिक गतिविधिहरू बढ्ने भन्दै सरकार र निजी क्षेत्र बिचको साझेदारी बढाउने प्रतिवद्धता जनाए। उनले नेपाल सरकार र दातृ निकायसँग समन्वय गरी मुलुक भित्र र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए। उनले पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए। 

त्यस्तै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिवद्धतामा साथ दिएर अगाडि बढ्ने प्रतिवद्धता जनाए। गोल्छाले अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने बताए। उनले अनुभवी र सानो व्यवसायबाट ठूलो व्यवसायीक समूहमा पुगेको अनुभवले महासंघलाई नयाँ उचाईमा पुग्ने विश्वास व्यक्त गरे।

 महासंघका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताए। उनले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताए।  

प्रकाशित: ३ वैशाख २०८० ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App