५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

फाइभ पीको अन्तर्राष्ट्रिय मेला सुरु

प्रिन्टिङ, पेपर, प्लाष्टिक, प्याकेजिङ र प्रोसेसिङ (फाईभ पी) को अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुक्रबारबाट सुरु भएको छ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले आयोजना गरेको मेलाको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घाटन गरे। प्रदर्शनीको सहआयोजक नेपाल मुद्रण उद्योग महासंघ र सहयोगी संस्था नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन्।

प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धी व्यवसायलाई एकै थलोमा प्रदर्शन गर्न मेला आयोजना गरिएको हो। यो मेलाले एकै ठाँउमा धेरै उत्पादनको जानकारी पाउन सघाउ पुग्ने महामन्त्री थापाले बताए।

स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने थापाको जोड थियो। मेला चैत १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ। मेलामा १५० भन्दा बढी स्वदेशी तथा विदेशी कम्पनीका स्टल रेहका छन्। प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ मसिनरीका उत्पादकहरू, प्रिन्टिङ मसिन, टेप, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मसिन, प्लास्टिक हिटर, प्रिन्टिङ स्पयेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, अफिस स्टेशनरी मसिनरी, कागज र स्पेयर पार्टस, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादकको सहभागिता रहेको छ।

प्रकाशित: १२ चैत्र २०७९ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App