१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अक्सिजनको कमिले पकेट क्षेत्रका माछा मरे

बर्दिया-माछा पकेट क्षेत्र सोरहवाका माछा पालक राम प्रकाश थारु एक्कासी धमाधम माछा मर्न थाले पछि चिन्तित छन्। केन्द्रबाट आएको विज्ञ टोलीले सुझाएको निर्देशमा औषधि प्रयोग गरेपनि माछा मर्ने क्रम नरोकिएपछि उनी समस्यामा छन्। केन्द्रवाट आएको माछा बिज्ञ टोलीले पोखरीको पानी परीक्षण गरेर दिएको निर्देशन अनुसारनै आफुले औषधी हालेपनि माछा मर्ने क्रम नरोकिएको  थारु बताए।

यस्तै, बढैया तालका अर्का माछा पालक कृषक पुष्पराज भूषालले दैनिक तीन सयको हाराहारीमा माछा मर्न थालेपछि लगानी खेर जाने चिन्ता बढेको बताए।

गर्मीको समयमा  हुर्किसेका माछा एक्कासी मर्नथाले पछि किसानहरु मर्कामा परेका हुन। लगानी गरेर व्यवसायीक रुपमा माछा पालन गर्दै आएका सोरहवामा रहेको बढैया ताल र आसपासका निजी पोखरिहरुमा माछा मरिरहेको उनीहरु गुनासो गर्छन। माछा मर्नैक्रम नरोकिएको भुषालले पीडा पोखे।

जिल्ला कृषि बिकास कार्यालमा माछा मरेको सूचाना आउना साथ क्षेत्रिय कृषि निर्दैशनालय सुर्खैत लाई समेत जानकारी गराई माछा बिज्ञ सहितको टोली प्रभावित क्षेत्रमा पठाईएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। खनिएका पोखरीहरुको पानी परीक्षण गार्दा माछालाई चाहिने अक्सीजको कमीका कारण माछाहरु मरेको विज्ञहरुले उदृत गर्दे जिल्ला कृषि विकास कार्यालय बर्दिययाका बरिष्ठ कृषि विकास अधिकृत प्रशुराम रावतले जानकारी दिए।

सोरहवा क्षेत्र र बगनाहा क्षेत्रमा गरी कुल ५ सय ७ हेक्टर क्षेत्रफलमा माछा पालन गरिने गरिन्छ।  जिल्ला बाट मात्रै बार्षिक १५ सय मेट्रिक टन माछा उत्पादन हुनेगरेको कृषिको तथ्यांक  छ। कुल उत्पादीत माछाबाट जिल्लामा खपत भई बार्षिक ३० करोड रुपैयाँ बरावरको माछा जिल्ला बाहिर जाने गरेको जिल्ला कृषिले जनाएको छ।

 

प्रकाशित: १४ भाद्र २०७३ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App