६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सर्लाही र रौतहटमा रासायनिक मलको अभाव

किसानलाई अत्याधिक मल चाहिने समयमा रासायनिक मलको हाहाकार देखिएको छ। सर्लाही र रौतहटमा रासायनिक मलको हाहाकार देखिएको हो।

धान काटेर खाली हुँदै गएको खेतमा किसानहरुले धमाधम गहुँ छरिरहेका छन्। गहुँ छर्ने बेलामा आवश्यक पर्ने डिएपी मलको हाहाकार देखिएको छ। डिएपी मलको अभावमा कतिपय किसानले रित्तो गहुँ छरिरहेका छन् भने कतिपय किसान महँगो मूल्यमा डिएपी मल किन्न बाध्य भएका छन्।

यसै गरी अर्ली भेराइटीको गहुँ खेती गर्ने किसानले भने गहुँ खेतमा सिंचाइ गर्ने समयमा युरिया मलको पनि अभाव देखिएको छ। युरिया मलको अभाव हुँदा किसानले गहुँमा सिँचाइ गर्न पनि सकिरहेका छैनन्।

बजारमा भारतीय डिएपी तथा युरिया मल मुस्किलले पाइएको छ। विभिन्न नाकाबाट आउने डिएपी तथा युरिया मलले बजारमा आधिपत्य जमाएको छ। मोटरसाइकलमा भारतबाट आएको मलले किसानको मागको केही अंश धानिरहेको छ। बजारमा भारतीय युरिया मल पनि पाउन छाडेको किसानको भनाइ छ।

हरेक दिन भारतीय बजारबाट युरिया मलले किसानको काम मुस्किलले चलाइरहेको छ। भारतीय बजारबाट आएको डिएपी प्रति बोरा तीन हजार पाँच सय रुपैया र युरिया प्रतिबोरा एक हजार छ सय रुपैयामा बिक्री भइरहेको छ। मलखाद पाइने पसलमा पनि सर्वसाधारण किसानले युरिया मल किन्नको लागि पैरवी गर्नु परिरहेको किसानहरुको भनाइ छ।

रौतहटको गरुडा नगरपालिका २ का किसान जेमिलाल साहले युरिया मल नपाएर किसानलाई अप्ठ्यारो परिरहेको बताएका छन्। विभिन्न पसलमा पुग्दा किसानको समय खेर गइरहेको र पैरवी गरेर महँगोमा युरिया मल किन्नु परिरहेको किसान साहको भनाइ छ।  

प्रकाशित: २७ मंसिर २०७९ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App