१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी

काठमाडौं- कोरिया जान उत्तीर्ण हुनुपर्ने भाषा परीक्षामा शनिबार ३१ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। इपिएस कोरिया शाखाले लिएको परीक्षामा विभिन्न केन्द्रमा फेला परेका ३१ नक्कली परीक्षालाई प्रहरीले पक्राउ गरेको हो।

खेताला परीक्षार्थीको सहभागिता नहोस् भन्नका लागि फारम भर्ने बेला नै मेसिन रिडेबल पासपोर्टको प्रयोग गरिए पनि परीक्षामा नक्कली परीक्षार्थी फेला पर्नुलाई धेरैले आश्चर्यको रूपमा लिएका छन्। इपिएस कोरिया शाखाका अनुसार शनिबार दुई चरणमा लिइएको भाषा परीक्षामा २८ हजार ६ सय ८२ सहभागी रहे। १५ सय २० जना अनुपस्थित रहे।

भाषा परीक्षाका लागि पोखरा र काठमाडौंमा २१ वटा परीक्षा केन्द्र तोकिएको छ। अर्को वर्ष कोरिया जाने सपनामा ५२ हजार दुई सय २२ पुरुष र आठ हजार चार सय चार महिलाले फारम भरेका छन्।

जसमध्ये ३१ सयलाई छनोट गर्ने कार्यक्रम छ।  महिनामा कम्तीमा एक लाख रुपैयाँ पारिश्रमिक पाइने र लगानी कम लाग्ने भएकाले पछिल्ला वर्ष कोरिया जान ठूलो संख्याका युवायुवतीले चासो राख्दै आएका छन्। सन् २००७ यता करिब ३४ लाख युवायुवती रोजगारीका लागि कोरिया पुगेका छन्।  

प्रकाशित: ५ असार २०७३ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App