१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणसम्बन्धी कार्यशाला

युरोपियन युनियनले नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणहरूको बारेमा पाँच दिने विशेष कार्यशाला आयोजना गरेको छ।

नेपालका प्राध्यापक तथा उच्च सरकारी अधिकारीलाई प्रशिक्षककको रूपमा विकास गर्ने गरी सो कार्यशाला राजधानीमा आयोजना गरिएको हो। उक्त कार्यशालाबाट २० जना प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय बजार विश्लेषण विज्ञहरू तयार भएका छन्।

युरोपियन युनियनको सहयोगमा सञ्चालन भैरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो कार्यशाला आयोजना गरेको हो। यस कार्यशालाले अन्तर्राष्ट्रिय बजार तथा व्यापारका विभिन्न पक्षहरूका बारेमा गहन ज्ञान दिलाइ प्रशिक्षकहरू तयार गरेको छ जसले शिक्षक अनुसन्धानकर्ता तथा विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरूमा सल्लाहकारको रूपमा आफ्नो विज्ञताहरू प्रयोग गरी ज्ञान विस्तार गर्ने अपेक्षा गरिएको छ।

त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका सह प्राध्यापक रेशम थापाले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापार विश्लेषणका नवीन उपकरणहरूको प्रयोग बारे जानकारी पाउने ठूलो अवसर भएको बताउँदै आफूले यसलाई शिक्षण र अनुसन्धानमा प्रयोग गर्ने योजनामा आफू रहेको बताए।

त्यसैगरी अर्की सहभागी जुनु सिन्जाली मगरले नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारका विविध पक्षबारे जानकारीका स्रोतहरूको आवश्यकता परेको वेला यस्ता व्यापार उपकरणहरूबारे प्रशिक्षक निर्माण गराउन यो कार्यशाला उपयोगी भएको बताउँदै आफ्नो ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

सन् २०२६ सम्म नेपाल

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइ रहेको र सन् २०१७ मा विश्व व्पापार संगठनको व्यापार सहजीकरण सम्झौताबाट अधिकतम लाभ लिनको लागि अन्तर्राष्ट्रिय व्यापारका विविध पक्षको ज्ञान र जानकारी अभिवृद्धि गर्नुपर्ने अवस्थामा यस कार्यशालाले महत्वपूर्ण योगदान पुर्‍याउने देखिन्छ।

प्रकाशित: १८ मंसिर २०७९ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App