१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

एनआरएन अष्ट्रियामा ३ मतअन्तरले कुँवर विजयी

गैरअासीय नेपाली संघ अष्ट्रियाको नवनिर्वाचित कार्यसमिति

लण्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर निर्विाचत भएका छन्। संघको आइतवार सम्पन्न अधिवेसनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचन १७४ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनका प्रत्यासी डा. दीपक ढुंगाना झिनो ३ मतको अन्तरले पराजित भए। यस्तै कुल मतदाता संख्या ३५४ मध्य सबैभन्दा बढी २३४ मत प्राप्त गरी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद संघ (आइसीसी) सदस्य पदमा शिव सापकोटा विजयी भएका छन्।

कार्यसमितिको उपाध्यक्षमा बिनोद चौलागाईं र मनोज बिष्ट बिजयी भए भने महिला उपाध्यक्षमा निरु लामिछाने चयन भइन्। साधारणसभाले महासचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा अनुज पौडेल र युवा संयोजक किरणलाल श्रेष्ठ चयन गरको छ।

अन्य पदाधिकारीमा महिला संयोजक भवानी तिवारी, सहकोषाध्यक्ष राजन श्रेष्ठ, सचिवमा निता सापकोटा र सम्झना गिरि निर्वाचित भए।  सदस्यहरु बुद्धिबहादुर तामाङ, ध्रुव पौडेल, प्रसना निरौला, सबिन तिमल्सिना, डबिन गुरुङ, युवराज सुबेदी, राजकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: १९ असार २०७४ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App