आज नागरिक दैनिक प्रकाशित कार्टुन छ। आजको कार्टुनमा हिजो सोमबार प्रतिनिधि सभा को बैठकमा सांसद् अमरेश कुमार सिंहले कपडा फुकालेको प्रसंगमाथी व्यङग्य गरिएको छ।
ललितपुर महानगरले बुधबार महानगरमा स्थानीय बिदा दिएको छ। महानगरले रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको हो।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख जरिवाना हुने भएको छ।