१६ वैशाख २०८१ आइतबार
image/svg+xml
Krishna Bajgain
कृष्ण बजगाईं


कृष्ण बजगाईंका लेखहरु :

समाजवादी आइन्सटाइनसँग स्विजरल्यान्डमा साक्षात्कार

बर्न ट्रेन स्टेसनबाट बाहिर निस्कँदा मध्यदिउँसो भएको छ। इन्टरलाकन सहरमा ट्रेन चढ्दा पानी पर्ला जस्तो थियो। डेढ घण्टाको ट्रेन यात्राबाट बर्नमा उत्रँदा झलमल्ल घाम लागेको छ। पानी पर्ने मौसमी भविष्यवाणीलाई घामले चुनौती दिएको छ।

बेलायतका क्याम्पिङ र क्यासल

प्रकृतिसामु गरिने ध्यान मानसिक स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ। प्रकृतिमा रमाउँदा होस् वा क्याम्पिङमा रात बिताउँदा, मानिसले आफ्नो विगत बिर्सन्छन् अनि आफ्नो ध्यान वर्तमानमा केन्द्रित गर्न सक्छन्। विगतका असफलता, पीडा र गुनासाले हो मानिसलाई तनाव दिने। वर्तमानमा बाँच्न सके तनावबाट मुक्ति मिल्छ।

समस्यापुर

सरकारले जनतालाई समस्या ठान्दा रहेछन्। च्याउसरी उम्रेका राजनीतिक पार्टीहरू र तिनका नेताहरू देशको ठूलो समस्या रहेछन्।

एरिस्टोटलको लाइसियममा एक चक्कर

एरिस्टोटल हिँडेको बाटो यही हो। यहींबाट पुगिन्छ विद्याको मन्दिर। अनुमान लगाउँछु– यही सडकमा कति घन्किए होलान् प्रजातन्त्र र गणतन्त्रका नारा ? यस सडकले कति भोग्यो होला रोमन र ओटोमन साम्राज्यको चोट ? ग्रिकवासीले आफ्नो साम्राज्य तहसनहस भएर अरूको अधीनमा पुगेको इतिहासको कटु यथार्थलाई कसरी सहजतासाथ लिए होलान् ?

एथेन्समा एथेना देवीसँग एक बिहान

मेरो मनमा संशय उत्पन्न भइरहेको छ–यस्तै गति र मति रहे केही सय वर्षपछि नेपाल पनि क्रिस्चियन देश त बन्दैन? काठमाडौंको पशुपतिनाथ मन्दिर यदि चर्चमा परिणत भयो भने भगवान् शिव कहाँ जालान्? एउटा गह्रुँगो प्रश्नले थिच्छ बेसरी।

योनि संग्रहालयमा महिनावारीका कथा

फ्रान्समा महिनावारीका बेला ‘मेयोनेस सस’ बनाउनु हुँदैन, बनाए त्यो जम्छ भन्ने विश्वास गर्दा रहेछन्। बेलायतमा बाथ टबको तातोपानीमा डुबेर नुहाउनु नहुने मान्यता छ। पोल्यान्डको केही गाउँमा महिनावारीको समयमा सम्भोग गरे सम्भोग गर्ने पुरुषको मृत्यु हुन सक्छ भन्ने विश्वास गर्दा रहेछन्। अमेरिकामा भने महिनावारीका बेला क्याम्पिङ जानु हुँदैन, गए जंगली जनावरले रगतको गन्ध थाहा पाएर ती महिलालाई आक्रमण गर्न सक्छन् भन्ने विश्वास गर्दा रहेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्