१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कृष्ण ढुंगाना
कृष्ण ढुंगाना नागरिकन्युजका संयोजक हुन्।

  

कृष्ण ढुंगानाका लेखहरु :

मोदीद्वारा ओली, देउवा र दाहालसँग टेलिफोन सम्वाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका मुख्य दलका शीर्ष नेताहरुसँग बिहीबार साँझ टेलिफोन सम्वाद गरेका छन्। बाम गठबन्धनले नेपालमा बहुमत ल्याएको अवस्थामा भारतीय प्रधानमन्त्रीले वर्तमान एवं भविष्यका प्रधानमन्त्रीहरुसँग सम्वाद गरेका हुन्।

समानुपातिकतर्फ काँग्रेस–एमाले ‘नेक एन्ड नेक’

प्रत्यक्षतर्फको मतपरिणाम अन्त्यतिर आइपुग्न लाग्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई तीव्रता दिएको छ। अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ।

‘गगन थापामाथि ताकेरै बम प्रहार’

करिब एक महिनादेखि चल्दै आएको निर्वाचन कार्यक्रम अन्तिमतिर अाइपुग्दा सोमबार बिहान बुढानिलकण्ठ नगरपालिका दुई नम्बर वडामा घरदैली गर्ने कार्यक्रम तय भएको थियो। पूर्व निर्धारित कार्यक्रम अनुसार हामी सबै बिहानैदेखि बुढानिलकण्ठको चपली क्षेत्रमा थियौं। गगन दाईको घरदैलोमा नेपाली काँग्रेसका स्थानीय कार्यकताहरु पनि सहभागी हुनुहुन्थ्यो।

छब्बीस लाख नगद बोक्ने श्रेष्ठ प्रहरी फन्दामा

छब्बीस लाख १५ हजार रुपैयाँ गदसहित प्रहरीले नुवाकोट भद्रटार-२ का २३ वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ। सो परिमाणको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट आइतबार पक्राउ गरेको हो।

पहिलो चरणमा ६५ प्रतिशत मतदान (भिडियो)

आइतबार भएको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ। 'अहिलेसम्म प्राप्त विवरण अनुसार ६५ प्रतिशत मतदान भएको छ', निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, 'यो प्रारम्भिक परिणाम हो। खसेको मत प्रतिशत आँकडा अझ बढ्न सक्छ।'

सिडिओ सरुवामा आयोगले दिएन सहमति

गृह मन्त्रालयले मंगलबार गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवामा निर्वाचन आयोगले सहमति दिन अस्वीकार गरेको छ। आयोगले बिहीबार सो निर्णयप्रति असहमति जनाउँदै सरुवा निर्णयको सक्कल फाइल २४ घन्टाभित्र उपलब्ध गराउन गृह मन्त्रालयसँग अाग्रह गरेको छ।

गृहले गर्‍यो सिडिओको सरुवा

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। सरुवा हुनेहरुमा सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदशीराज बराल तथा रसुवाकी सिडिओ हिरादेवी पौडेल छिन्।

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो। 'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो',

नक्सालका गल्लीभित्र गगन थापाकाे घरदैलाे (भिडियो)

मंगलबार बिहान ७ः३० बजेतिर नक्साल क्षेत्रमा बसोबास गर्ने अमिर श्रेष्ठ मर्निङ वाकबाट फर्किरहेका थिए। काठमाडौंको ठण्डीमा पशुपतिको एक फन्को लगाएर फर्किंरहँदा भगवती बहाल क्षेत्र चुनाबी घरदैलोले तातिसकेको थियो। चारतारे झन्डा बोकेका काँग्रेस कार्यकर्ता नागपोखरी जाने बाटोमा भोट माग्दै थिए। कोही गगन थापाको चुनाबी अभियानका लागि तयार पारिएको र्‍याप गीतमा अप्ठ्यारोसँग कम्मर मर्काइरहेका देखिए।

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो। अब के गर्ने?

चीनले नेपालमा पार्टी विशेषलाई सघाएको छैन : प्राध्यापक सियाओ

रेनमिन विश्वविद्यालय अफ चीन, अन्तर्राष्ट्रिय अध्ययनका निर्देशक प्रा.चेन सियाओले सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा भने, ‘चीनले नेपालका सबै राजनीतिक पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्छ। कुनै अमुक पार्टीलाई चीनको सहयोग रहँदैन।’

स्मार्ट एनअारएन मेरो अवधारणा : भवन भट्ट

भवन भट्ट गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष एवं जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टले आगामी अक्टोबर १४—१७ सम्म काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। गैरआवासीय नेपालीका मुद्दा र निर्वाचन केन्द्रित रहेर कृष्ण ढुंगानाले उनीसँग काठमाडौंमा गरेको कुराकानीः

व्यापारको पनि जीवन हुन्छ : शेष घले

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाको मेलबर्नमा व्यवसाय गरिरहेका एकजना धनाढ्य नेपाली हुन् । लगातार दुई कार्यकाल संघको नेतृत्वमा गरेपछि उनी आगामी अक्टोबर १७ पछि विदा हुँदैछन् । उनको चार वर्षे कार्यकालको समीक्षा, भूकम्प र बाढीपीडितलाई गरेको राहात केन्द्रित भएर नागरिकन्युजका लागि कृष्ण ढुंगानाले काठमाडौंमा गरेको अन्तर्वार्ता :

‘म नेपाली उखानको प्रशंसक हुँ’

भारत र पाकिस्तानका अमेरिकी नियोगमा काम गरिसकेकी एन्डी डी आरमेन्ट अहिले काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ताको जिम्मेवारीमा छिन्। करिब एक महिनाअघि काठमाडौं आएकी उनी नेपाली भाषा बोल्छिन्। सन् २०११ मा पाकिस्तानी नागरिकसँग प्रेममा परेर कराँचीमै घरजम गरेकी उनी क्रिकेटको फ्यान पनि हुन्। उनको नेपाली भाषा सिकाइ र जीवनशैलीबारे कृष्ण ढुंगानाले गरेको कुराकानी:

पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन दुई चरणमा गर्न बिहीबार जिल्ला विभाजन गरेको छ। पहिलो चरण अन्तर्गत मंसिर १० गते हिमाली र उच्च पहाडी ३२ जिल्लामा निर्वाचन हुनेछ। मंसिर २१ मा तराई र पहाडगरी ४५ जिल्लामा निर्वाचन हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्