१६ वैशाख २०८१ आइतबार
image/svg+xml
भारती पोखरेल


भारती पोखरेलका लेखहरु :

स्वावलम्बी छोरी

आज पनि समाजमा लैंगिक भेदभाव प्रशस्त देखिन्छ। घरमा छोरा जन्मँदाको खुसी र छोरी जन्मँदाको दुःखी भिन्दै भिन्दै देखिन्छ। छोरी जन्मनासाथ आमाबाबुले आफ्नो टाउको बोझ ठान्ने गर्छन्।

बोक्सी कुप्रथाको कलंक

वास्तवमा बोक्सी, बोक्साको आरोप हामी कुन र कस्ता मानिसलाई लगाउँछौँ त ? जो समाजदेखि तिरस्कृत, गरिब, असहाय, एकल, सजिलैसँग दबाउन सकिने, जसको समाजमा खासै महत्त्व हुँदैन। आजसम्म कोही पनि प्रतिष्ठित, ठूलाबडा व्यक्तिलाई किन लाग्दैन बोक्सीको आरोप ?

भत्किँदै परिवार

राज्यले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत हक दिइसकेको छ। तर राज्यले अधिकार दिएको छ भन्दैमा त्यसको दुरुपयोग गर्नु पनि त उचित होइन।

नेपाली उपभोक्ताले चम्किएको जोगबनी बजार

किन पूर्वी तराईका उपभोक्ता भारतको विहार राज्यमा पर्ने जोगबनी बजार पुगेर समान किन्ने गर्छन् ? यसै क्रममा केही साथीको अनुरोधमा हामी जोगबनी पुग्यौं। जहाँ विराटनगरमा भन्दा बढी नेपाली उपभोक्ताको भीड थियो। यसै भीडमा आफ्ना साथीहरूको प्रतीक्षा गर्दै इलामकी ५५ वर्षकी एक महिलासँग भेट भयो। मैले उनको नजिक गएर कहाँबाट आउनुभयो भन्दा उनले नानी यो जोगबनी भन्ने बजार भारतको ठूलो सहर हो भनेर सोधिन्। साथै उनले यहाँ हाम्रो नेपाली पैसा चल्छ कि भारतकै भनेर पनि प्रश्न गरिन्। लेटाङ मोरङ घर भएकी मनीषा भन्दै थिइन्, ‘दुई पैसा सस्तो भनेर आ’को त ठगिने पो रहेछौं।’ उनले २ महिनाअगाडि सुतीको सारी किनेर लगेकी थिइन्। तर लगाएको ४ दिनमै फाटेपछि उनी सारी साट्न आएकी थिइन्, तर पसलेले साटिदिएन। व्यापारीलाई सोध्दा सस्तो मूल्यमा खोज्ने हुँदा आफूले पुरानो स्टकको दिएको बताए। उनले नाम भन्न चाहेनन्।

महिलामा मानसिक रोग

मर्निङवाक गर्ने क्रममा जहिले एक महिला कसैलाई गाली गर्दै, कराउँदै मोरङको विराटनगर बस स्टेसनसम्म पुगेर रुँदै फर्किने गरेको देख्छु। आखिर ती महिलाले किन सधैँ यसो गरेकी होलिन् भन्ने जिज्ञासा लाग्यो मलाई। एक दिन जिज्ञासा राख्दा यस्तो बुझियो ः श्रीमान्लाई २ वर्षअगाडि त्यही बस स्टेसनबाट बस चढाएर उनले विदेश जान भनी पठाएकी रहिछन्। श्रीमान् फर्कनुहुन्छ भन्ने आशमा उनी सधैँ त्यहाँ जाने गरेकी रहिछन्।

बलात्कारको बिगबिगी : वर्षमा ११३१

म थिएँ। घर परिवार थियो । स्वच्छ वातावरण थियो। साथीसँगीसँग मिली भविष्यको सपना कोर्न तल्लीन थियौँ। तर विधाताले भनौँ या पुरुषको कुकर्मले आफूलाई यहाँ उभ्याउन पुगेँ। म र मेरा साथीहरूलाई भुटानी सेनाले राति समातेर लगे। संयुक्त रूपमा एकोहोरो यौनान्दको अनुभूति लिए। अहंकारी मनको वासनाले लुछिदियो मेरा सबै सपना। सपना उजाड भए। हाम्रो जीवनको प्रत्येक क्षण यही क्रमले महिनौँ लुटिँदै गयो। अन्ततः हाम्रो निरस जीवनलाई एउटा ट्रकमा हाली भारतीय सेनाको छाता ओढाई बंगालको बाटो हुँदै मेची पुलमा ल्याएर छाडिदियो। आज पनि यो नारकीय जीवन बिताउन बाध्य छौँ। हाम्रो यो पीडा सुन्ने कोही भएन। आफ्नो देश र आफन्तबाट टाढा भएर शरणार्थी जीवन बिताउनुका पीडा त छँदै छ। (वर्ष ५० की पार्वती, नाम परिवर्तन)।

सामाजिक रूपान्तरण

जबसम्म महिला सामाजिक, आर्थिकरूपमा सशक्त हुँदैनन् तबसम्म उनीहरूमाथि विभिन्न प्रकारका विभेद, हिंसा हुने गर्छ। हिंसा प्रभावित महिलालाई समाजमा स्थापित गर्न र परिवर्तनका संवाहक बनाउन दिगो जीविकोपार्जनको सोच र कार्यक्रम अगाडि बढाउनु आवश्यक हुन्छ।

धुवाँबाट पीडित महिला

खोकी लागेको धेरै दिन हुँदा पनि निको नभएर डाक्टर जचाउन पुगेकी राम्री मगर(सुनसरी –९)लाई छातीमा कफ जमेको छ भनेको सुन्दा अचम्म लाग्यो। आफू रक्सी–चुरोट केही नखाने हुँदा पनि यस्तो कसरी भयो भन्ने उनको प्रश्न थियो। उनलाई सीओपीडी (क्रोनिक अब्स्ट्राक्टिम पल्मोनरी ड

प्रेम-सद्‍भावको पर्व होली

मानव इतिहासको आरम्भदेखि वसन्त ऋतुको आगमनको स्वागत गर्ने परम्परा रहँदै आएको छ। देशभरि सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागुवा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ। यो पर्वको आरम्भ कसरी भयो भन्ने कुरामा विभिन्न मत उल्लेख रहेको

संगठित उपभोक्ता जरुरी

चाडपर्व होस् या अन्य सयममा पनि उपभोक्ता ठग्ने काममा व्यापारीहरू मग्न हुन्छन्। भारतको अघोषित नाकाबन्दीका कारण नागरिकले दुःख त पाएकै छन्, देशभित्रै उत्पादित वस्तुमा पनि बढी मूल्य तिर्न बाध्य छन्।हिन्दुहरूको महान् पर्व दसैँ त अभावमै बित्यो, तिहार र छठ पनि कष

ग्यासको विकल्प माटोको चुलो

सीप, जाँगर र लगनशीलता भएमा कसैले पनि भोकै बस्नुनपर्ने मात्रै होइन, अर्थोपार्जन समेत गर्नसकिन्छ भन्ने उदाहरण मोरङ हल्दीबारी– ५ की सस्ता राजवंशी बनेकी छन्। उनले मंसिर र पुस महिनामा माटोको चुलो बनाएर हाटमा लगेर बेचेर १० हजार आम्दानी गरेकी छन्।देशभरि ग्यासको

जातीय छुवाछुतको पीडामा महिला

दलित परिवारकी छोरी विवाहको निम्तो मान्न गएकी थिइन्। चापाकलबाट पानी ल्याएको निहँुमा एक जना ब्राह्मणले ती दलित महिलालाई भन्नु नभन्नु भने। चापाकलमा रबरको वा छालाको वासरको प्रयोग हुन्छ। त्यो वासर छोइयो भन्ने उनको तर्क थियो। के थाहा कतै त्यो वासर तयार गर्ने व्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्