१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
सञ्जीव गौतम


सञ्जीव गौतमका लेखहरु :

म जान नसकेको त्यो अन्तिम उडान

उडान सुरक्षा विभाग प्रमुख फोनमा कुरा गर्दै अलि आत्तिएको भावमा मतर्फ हेर्दै सेमिनार हलबाट बाहिर निस्किनुभयो। उहाँको हाउभाउले कुनै अनिष्ट भएको शंका मनमा आउनु स्वाभाविक थियो। मैले आफ्ना भनाइहरू अविलम्ब समाप्त गर्दै सम्भावित अनिष्टको शंकामा आयोजकसँग बिदा मागेर हल बाहिर निस्केँ।

हवाई उडानमा कोभिड–१९ प्रभाव

अन्तर्राष्ट्रिय हवाई यातायात संगठनको मार्च अन्त्यसम्मको तथ्यांकअनुसार गत वर्षको सोही महिनाको तुलनामा हवाई यातायात सञ्चालनमा ६५ प्रतिशतले गिरावट आएको छ।

हवाई ट्राफिक र जहाज होल्ड

फ्लाइट राडार २४ मा सिमरामाथिको आकासमा देखिने जहाजको होल्ड अब सबैलाई सामान्य जस्तै लाग्न थालेको छ। यसरी जहाजहरू होल्ड हुँदा वायुयान कम्पनीहरूको अपरेसन लागतमा वृद्वि भइरहेको छ भने यात्रुले पनि अनावश्यक त्रास खेपिरहनुपरेको छ।

निर्विकल्प निजगढ विमानस्थल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कमभन्दा कम वातावरणीय क्षति हुने उपाय अपनाउन निरन्तर खबरदारी गर्दै देशको समग्र विकासका लागि दूरगामी महत्व राख्ने यो आयोजना सफल बनाउनुमै राष्ट्रको हित छ।

उड्डयन प्राधिकरण विवाद र विकल्प

सामान्यतया आफैँ सेवा प्रवाह गर्ने र आफैँ नियमन गर्ने कार्यले नियमन प्रभावकारी रहेको मान्न सकिँदैन।

शंकामा ‘समृद्धि’

देशमा गणतन्त्र छ, जनताबाट निर्वाचित स्थायी सरकार छ र उसले बारम्बार देश र जनताको समृद्धिको कुरा गरिरहेको छ। तर पनि सरकारले गरेका निर्णय किन कार्यान्वयन हुँदैनन् ?

निजगढ विमानस्थल किन ?

निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थनका वार्षिक क्षमता २० लाख यात्रुभन्दा बढी नरहेको हुँदा पूर्वाधार र भौगोलिक अवस्था नियाल्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता र औचित्यमा प्रश्न उठाउने ठाउँ देखिँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्