१६ वैशाख २०८१ आइतबार
image/svg+xml
भवानी बराल


भवानी बरालका लेखहरु :

खसीको टाउको र कुकुरको मासु

संसदीय व्यवस्था र कम्युनिस्ट पार्टीको सम्बन्धबारे साम्यवादी आन्दोलनका नेता लेनिनले भनेका कुरा यिनै हुन्। पहिलो सूत्रलाई आधार मान्दै संसारका कम्युनिस्ट संसदीय व्यवस्थाको सिकुवामा आइपुगे। लेनिनले भनेको पहिलो सूत्रमार्फत संसद्लाई उपयोग गर्न सकिने विचारकासाथ नेपाल, भारत, युरोपलगायत कतिपय देशका कम्युनिस्टसंसद्मा आइपुगे।

(दास)ढुंगाबाट बालुवा(टार)

‘धनले लोभिएको युवकको करकापमा परी साठी वर्षे बूढी लौरो टेकेर पोइल गए जस्तो भयो ।’ तत्कालीन नेकपा (माले) को पूर्व रूप कोअर्डिनेसन केन्द्र (कोके) सँग एकता गर्दा मदनकुमार भण्डारीले भनेको कुरा उनकै सम्झनामा लेखिएको स्मृतिग्रन्थमा प्रकाशित छ।

पहिचानको राजनीतिक भवितव्य

नेपाल आदिवासी जनजाति महासंघका पूर्वसभापति एवं संविधानसभाकापूर्वसदस्य पासाङ शेर्पाले नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रसंगमा कुरा राख्दै उनलार्ई यो एकतालेभवितव्यमा पारेको सार्वजनिक गरेका छन्। शेर्पा पूर्व एमाले कार्यकर्ताका रूपमा लामो समय बिताएका व्यक्ति हुन् । पहिचानको मुद्दाको सवालमा उनी एमालेबाट बाहिरिँदै सामाजिक लोकतान्त्रिक पार्टी गठन गर्न पुगे । उनकै भाषामा त्यो पार्टीले काम नसारेपछि नयाँ शक्ति हुँदै यतिखेर माओवादी केन्द्रमा आइपुगेका छन्। प्रतिनिधिसभाको निर्वाचनको मुखैमा एमाले–माओवादी केन्द्रको गठबन्धन र पार्टी एकीकरणको सन्दर्भ उठेपछि उनीमाथि भवितव्य आइलागेको साँचो कुरा बाहिर ल्याएका छन्।

पद्य सकियो,गद्य सुरु

सन् १९९० मा तत्कालीन सोभियत समर्थित चेकोस्लोभाकियाको ४२ वर्षीय लामो कम्युनिस्टशासन ढलेपछि चेकोस्लोभाकियाका तत्कालीन राष्ट्रपति भाक्लाभ हाभेलले भनेका थिए, ‘कविता सकियो, गद्य सुरु भयो।’ चेकोस्लोभाकियामा भेल्भेट क्रान्तिले पुँजीवादीव्यवस्था स्थापना गरेसँगै उनको यो भनाइले कति सार्थकता पायो छुट्टै लेखाजोखाको विषय हो।

यो अधिनायकवाद हो, रुन नपाई !

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाली कांग्रेस राजनैतिक हाटमा तङ्ग्रिन सकेको छैन । दुई ठूला वाम पार्टीले अचानक गठबन्धन गरेर (पार्टी एकीकरण गर्ने सहमतिसहित) निर्वाचनमा भाग लिएपछि नेकांले पनि लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचनमा भाग लिएको थियो । तर निर्वाचनको परिणाम प्रत्यक्षतर्फ नेकांको विपक्षमा आयो । समानुपातिक निर्वाचन प्रणाली नहुँदो हो त कांग्रेसको साइज निकै ओह्रालो लागेको हुन्थ्यो । समानुपातिक पद्धतिले जसरी पहिलो संविधानसभामा कांग्रेसलाई जोगाएको थियो । यसपटक भने कांग्रेसलाई समानुपातिकले पुनर्जलीय उपचार नै ग¥यो । तर ऊसँग गठबन्धन गरेका राप्रपालगायतका दलको चैँ पत्तासाफ नै भयो ।

धर्मका नाममा राजनीति

जनवादी गणतन्त्र चीनले ४ डिसेम्बर १९८२ मा अंगिकार गरेको संविधानको धारा (३६)मा धर्मसम्बन्धि ४ बुँदामा व्याख्या गरेर धर्म र राजनीतिलाई छुट्याएको छ। यो संविधानले चीनलाई धर्मनिरपेक्ष राज्य नभनिकनै धार्मिक स्वतन्त्रता, धर्म मान्न वा नमान्न पाउने अधिकार, धर्मले

लिम्बुवान : घुम्दैफिर्दै रुम्जाटार

नेपालका अधिकांश राजनीतिक दलमा टुट, फुट, गुट/उपगुटको विचलनले गाँजिरहेको बेला पाँच लिम्बुवानजन्य संगठन एक ठाउँमा आएका छन्। गएको साउन अन्तिम साता धनकुटाको भेडेटारमा लिम्बुवान सम्बद्ध संगठनहरूले 'संघीय लिम्बुवान पार्टी' नाम राखेर एकीकरण भएको घोषणा गरे। लिम्बु

शासकीय स्वरूपको राजनीतिक अर्थ

अमेरिकी संविधान निर्माताहरु दुई कारणले प्रत्यक्ष निर्वाचित हुने अध्यक्षीय शासन प्रणालीमा आकर्षित भएका थिए। पहिलो– दार्शनिक मान्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्तप्रति विशेष झुुकाव राख्थे। दोस्रो– मर्यादित शासनको सिद्धान्त लोकसम्प्रभुता स्थापित गर्न चाह

दक्षिण कोरियामा नेपाली

सन् २००७ मा कोरियाको श्रम बजारमा नेपाली कामदारको रोजगारी सम्झौता (इपिएस) भएपछि नेपालीहरुको कोरियामा आप्रवासन ह्वात्तै बढेको हो। अध्यागमन विभाग कोरियाको अभिलेखअनुसार सन् २०१२ मेसम्ममा करिव १९ हजार नेपाली कोरियामा विभिन्न पेशामा आबद्ध भई बस्दै आएका छन्। यसम

लोकतन्त्र र धोवीको गधा

कुनै गाउँमा महामारी फैलिएछ। महामारी गाउँमा बस्ने एउटा धोबीको परिवारमा पनि परेछ। महामारीमा बूढो धोवी, उसको सानो नाति र बूढो गधा मात्रै बचेछन्। अब बूढो धोवीसँग जीविकाको एउटै साधन बूढो गधा मात्रै बाँकी थियो। अशक्त गधाबाट काम लिन गाह्रो भइरहेको थियो। त्यहीबेल

जनजाति पार्टीको भविष्य

विघटित संविधान सभामा पहिचानको मुद्दाले राष्ट्रिय राजनीतिमा पारेको प्रभावको सन्दर्भसँगै तद्नुकूलको पार्टी खोल्ने होडबाजी नै चलेको छ। नेपाल आदिवासी जनजाति महासंघको महाधिवेसनले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता महसुस गरेपछि मूलधारका राजनीतिक दल एमाले, कांग्

पहिचान, संघीयता र संविधान

पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान, संविधान सभाबाट संविधान अहिलेको लोकप्रिय नारा हो। कस्तो हुन्छ पहिचानसहितको संघीयता? के/के अन्तरवस्तु मिल्दा पहिचान स्थापित हुन्छ? प्रचलित जातिका नाममा प्रदेशहरु नामाकरण गर्दामात्रै पहिचानसहितको संघीयता हुने हो व

बेअर्थको एकल र बहुपहिचान

राष्ट्रिय राजनीति एकल जातीय तथा बहुजातीय पहिचानको मुद्दामा ध्रुवीकृत हुने क्रममा छ। यो अनौठो ध्रुवीकरणले राजनीतिक रंगरुप लियो भने पनि अनौठो नमाने हुन्छ । संविधान सभाको अन्तिम समयमा राज्य पुनर्संरचनाको आधारमा सहमति खोज्दा एकल जातीय पहिचान हुने कि बहुजातीय

राष्ट्रियताको बहिरंग बयान

राष्ट्रियताको सन्दर्भ चर्को बहसको विषय बनेको छ। राष्ट्र र राष्ट्रियताको अर्थ-राजनीतिक परिभाषाको खोजी भइरहेको छ। नेपालको विभिन्न कालखण्डमा आ-आफ्नै ढंगले राष्ट्र र राष्ट्रियताको परिभाषा गरियो। त्यतिखेरको परिभाषाले अपुग भएपछि यताका कालखण्डमा पूर्ण परिभाषा गर

माओवादी अन्तरविरोधको महाभारत

नागरिक दैनिकले माओवादीका तीन राजनीतिक प्रस्ताव सार्वजनिक गरिदिएपछि माओवादीको अन्तरसंघर्ष सतहमा आइपुगेको छ। अति गोप्य र कार्यकर्तालाई श्रवण गर्नमात्र दिएर फिर्ता गरिएका तीन शीर्ष नेताको राजनीतिक रूपरेखा कसरी बाहिर आयो? त्यो अर्कै पाटो हो। तर, देशको मूर्धन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्