यसरी बेचियो ‘धाम’ को जग्गा
पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिकस्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ।
पुजारीको नाममा जग्गा राख्ने पुरानो परम्परा कायम राख्दा दाङको एक धार्मिकस्थल (धाम) को १५ बिघा जग्गा बिक्री भएको छ।
चरम गरिबी, सामाजिक उपेक्षा, भेदभाव अनि बत्तिमुनिको अध्यारो छ, दुर्गा भवानी टोल। घोराही बजारनजिकै अलि पर वडा नम्बर १३ सेवार खोला किनारको बादी वस्ती यतिखेर अभावको भुमरीमा छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङमा सुरु भएको छ। शनिबारदेखि लमही क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश बिजयी भएको छ।
बिहीवार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको प्रहरी दमनको सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।
बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सरकारले चिकित्सक, विद्यार्थी र सर्वसाधारणप्रति गरेको ज्यादतीका विरुद्ध जुम्लामा शैक्षिक संस्था बन्द गरिएको छ।
जुम्लामा २० दिन देखि अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौँ लगेको छ। अहिले भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगेको हो। प्रहरीले बल प्रयोग गर्दै केसीलाई जुम्लाबाट उठाएको छ। प्रहरीको बल प्रयोग पछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर निकालिएका डा. केसीले आफूलाई सरकारले अपहरण गरेको बताए।
१८ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको पक्षमा गठित संयुक्त संघर्ष समितिका संयोजक राजबहादुर महत साउने संक्रान्तिका बेला जुम्लीका घरघरमा आगोको राँको बाल्ने तयारी भइरहँदा सदरमुकाम खलंगाको बालमन्दिर नजिकै विधिवत रुपमा राँको बाल्दै थिए। यहाँका अगुवा नागरिकलाई भेला गरेर व्राह्मण बोलाएर डा. केसीको जीवन रक्षा गर्न र माग संवोधनका लागि सरकारको चेतना खुलोस भन्ने कामना गरे।
संयुक्त संघर्ष समिति जुम्लाले डा. गोविन्द केसीको माग संवोधनका लागि वार्ता टोली गठन गर्न माग गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ दिन देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत प्राध्यापक डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाे भन्दै समितिले सरकारसँग तत्काल वार्ता टाेली गठन गर्न माग गरेकाे हाे।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा मौलाएको बेथिति विरुद्ध जुम्लामा पन्ध्र दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।