१५ वैशाख २०८१ शनिबार
image/svg+xml
डा. दीपेश केसी


डा. दीपेश केसीका लेखहरु :

काश्मिर हमलाको बाछिटा

काश्मिरमा भारतीय सुरक्षा फौजमाथि आतंकवादी हमलाले दक्षिण एसियामा फेरि युद्धको कालो बादल मडारिएको छ। भारतले आक्रमणको जिम्मा लिने आतंकवाद संगठन जैस—इ मोहम्मदलाई पाकिस्तानले संरक्षण गरेको आरोप लगाउँदै कडा कदम चाल्ने चेतावनी दिएलगत्तै पाकिस्तानले पनि प्रतिकारका लागि तयार भएको धारणा सार्वजनिक ग-यो।

बलात्कारमा अनुसन्धान?

बलात्कार अनि हत्या । त्यो पनि किशोरावस्था भर्खर टेकेकीको । कुन मानिसको मन नरोला ! को आक्रोशित नहोला ! को भावुक नहोला ! तर अपराध अनुसन्धान मन रुवाएर, आक्रोशित र भावुक भएर गर्ने विषय होइन ।

मोदीको चौथो पाइलाको सन्देश

यसलाई बिमस्टेक सम्मेलन मात्र भन्दा जायज ठहर्दैन । सार्क सदस्य राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी नभएको सम्मेलन हो जसमा थाइल्यान्ड र म्यानमार सहभागी छन् । पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन भारतको ग्रिन सिग्नल नआएकाले हुन सकेको छैन।

नेपाल—भारतबीच विश्वास

‘हामीलाई नेपालीसँग कुनै समस्या छैन’, भारतमा छिमेकी मुलुकहरू विशेषतः बङ्गलादेशी नागरिकहरूको गैरकानुनी प्रवेश बढिरहेको विषय उठेपछि सत्तारूढ भारतीय जनता पार्टीका शीर्ष नेताहरूको पछिल्लो बैठकको निष्कर्ष हो, यो।

४६ वर्षपछि जेएनयूको दिक्षान्त

विद्यावारिधी हासिल गरेका चार सय २० शोधार्थी र मञ्चमा बसेकाहरू अनिवार्य गरिएको सेतो पोशाकमा थिए ।

किन समयमै बोल्दैनौँ हामी ?

असार लागेपछि अधिकांश नेपाली नागरिकका दैनिक जीवन कष्टकर बन्ने गर्छ । हिमाल, पहाड र तराई सबै क्षेत्रमा प्राकृतिक प्रकोपले जोखिम बढ्छ । विकासका नाममा भइरहेको विनाशका कारण घरभित्र र बाहिर असुरक्षित भई कष्टकर जीवनयापन गर्नुपर्ने अधिकांश नेपालीको दैनिकी हो।

सर्दै भूराजनीतिक टेक्टोनिक प्लेट

अमेरिकाले अबको युग एसियाको युग हो भन्ने यथार्थलाई स्वीकारेर पूर्वतर्फ ध्यान मोडेको छ । उत्तर कोरियासँग अमेरिकाको ऐतिहासिक सम्झौता हुनु भनेको चीन र रुससँग उसको समझदारी अझ विकसित हुनु हो । किनभने उत्तर कोरियामा चीन र रुसको बलियो प्रभाव छ ।

ओलीले उठाउनुपर्ने मुद्दा

गर्मीले पारो चढ्दै गएको दिल्लीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पाइला दुई वर्षपछि पर्दैछ। कुनै बेला दिल्लीमा बाक्लो आवतजावत गर्ने ओलीको पछिल्लो समय आवतजावत ठप्प जस्तै भइसकेको छ। एउटा समय थियो, ओली नेपालका नेताहरूलाई निम्तो गरिने प्रायःजसो कार्यक्रममा सहभागी हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्