६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

प्रेम शान्ति साहित्य सम्मान पुरस्कार मधुश्रीलाई

यस वर्षको प्रेम शान्ति साहित्य सम्मान पुरस्कार मधुश्रीलाई प्रदान गरिने भएको छ। आख्यान क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत २ २ वर्षमा प्रदान गरिने  प्रेम शान्ति सम्मान तथा पुरस्कार पहिलोपटक विराटनगरकी कथाकार मन्दिरा मधुश्रीलाई पोखरामा एक भव्य समारोहका बीच प्रदान गरिने लमजुड पोखरा सम्पर्क समितिले जनाएको छ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय पुरस्कार छनौट समितिले नेपालभरका ओझेलमा परेका प्राप्त प्रतिभामध्येको नामबाट मधुश्री छनौटमा परेकी हुन्। पुरस्कार छनौट समितिका सदस्य दीपक समीप, विश्वलाल श्रेष्ठ, विपिन अधिकारी र अक्षयकोषदाता प्रेमकुमारी गुरुङको सिफारिसमा कथाकारलाई दस हजार रुपैंया र दोसल्ला ओढाई सम्मान गरिने छ।

उक्त सम्मान पुरस्कार लमजुड पोखरा सम्पर्क समितिकी सल्लाहकार तथा समाजसेवी प्रेमकुमारी गुरुङद्वारा आफ्नो र दिवंगत भएकी आफ्नी आमा शान्ति गुरुङको नामबाट प्रेम शान्ति साहित्य सम्मान पुरस्कार स्थापना गरिएको हो। एक लाख २५ हजारको अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट दुई-दुई वर्षमा विशेषत आख्यान क्षेत्रमा समर्पित व्यक्तित्वलाई सम्मान गरिनेछ। साहित्य सम्मान पुरस्कार वितरण कार्यक्रम असोज महिनाको ८ गते शनिबार पोखरामा सम्पन्न गरिने आयोजक लमजुड पोखरा सम्पर्क समितिका अध्यक्ष विपिन अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित: २९ भाद्र २०७९ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App