५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

कट्रिना कैफ र विक्की कौशलले विवाह गर्दै

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले छिट्टै विवाह गर्ने भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कट्रिना र विक्कीले आफ्नो विवाहको तयारी सुरु गरिसकेका छन।  

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार कट्रिना र विक्कीको घरमा छिट्टै विवाहको बाजा बज्ने भएको हो। कट्रिना र विक्कीको विवाहको पहिरन चर्चित फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेको पनि टाइम्स अफ इन्डियाले जनाएको छ। उनीहरु हाल पहिरनका लागि कपडा छानिरहेका छन्।

कट्रिना र विक्कीको विवाह नोभेम्बर या डिसेम्बरमा हुने भएको छ। विक्की र कट्रिना धेरैजसो सँगै देखिन्छन्। हालै यी दुईलाई विक्की कौशलको फिल्म सरदार उधमको स्क्रिनिङमा देखिएको थियो।

उनीहरुको विवाहको खबर सार्वजनिक हुनु केही समयअघि कट्रिना र विक्कीको ‘रोका सेरेमनी’ ले असाध्यै चर्चा बटुलेको थियो।

प्रकाशित: १० कार्तिक २०७८ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App