९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

कवितामा ढकाल र घले भए प्रथम

भक्तपुरमा भएको कविता प्रतियोगितामा शहदेव ढकाल र प्रशना घले प्रथम भएका छन्।

भक्तपुरमा रहेका सार्वजनिक विद्यालयहरुको संयुक्त परीक्षा समितिको क्यालेण्डर अनुसार गणेश मावि, भार्वाचोले आयोजना गरेको कविता प्रतियोगितामा ढकाल र घले प्रथम भएका हुन्।

छात्रा र छात्र गरी छुट्टाछुट्टै भएको स्पर्धामा सूर्यविनायकको जोरपाटी माविका ढकाल र आदर्श आजाद माविका घले प्रथम भएको आयोजक विद्यालयले जनाएको छ।

कोरोनाको कहरका बीच भर्चुअल रुपमा कक्षा ८, ९ र १० का विद्यार्थीबीचको सो प्रतियोगितामा छात्रातर्फ समाजसुधार माविका सृष्टि कालिकोटे द्धितीय र तारा माविका रत्ना श्रेष्ठ तृतीय भएका छन्।

त्यस्तै छात्रतर्फ वागीश्वरी माविका प्रकाश बुढा द्धितीय र पञ्चकन्या माविका अमिर फुयाँल तृतीय भएका छन्।

प्रकाशित: २२ श्रावण २०७८ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App