२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

मामाघर

बालकविता

ललिता ‘दोषी’  

      

जाऊँ आमा, मामाघर

नगएको धेरै भो

मामाघरको सेल–रोटी

खान पनि बेरै भो।

 

सबै जना माया गरी

सानी नानी भन्दथे

माया गरी दिन्थे पापा

मलाई धेरै मान्दथे।

 

जाऊँ आमा, मामाघर

धेरै भयो नगा’को

हलुवा–पुरी कुरौनी

धेरै भयो नखाको।

 

नाना किनिदिनुहुन्छ

हजुरबा र आमाले

सुहाउँछ भन्छन् सबै

रातो राम्रो जामाले।

प्रकाशित: २४ पुस २०७७ १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App