१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका ७७ रनमै समेटियो

आइसिसी ट्वान्टी २० विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाका बलर अनरिख़ नॉर्खियेको घातक बलिङसंगै श्रीलंका जम्मा ७७ रनमै अल आउट भएको छ।  

पहिला व्याटिङ गरेको श्रीलंकाले १९ दशमलब १ ओभरमा ७७ रन बनाउँदा सबै विकेट गुमाएको छ ।  

श्रीलंकाका लागि कुसल मेंडिसले १९ , एंजलो मैथ्यूज़ १६ तथा कामिंडु मेंडिस ११ रन बाहेक कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि अनरिख़ नॉर्खिये ४ तथा कगिसो रबाडा र केशव महाराज दुई दुई विकेट लिए।  

जवाफमा दक्षिण अफ्रिकाले ताजास्थीतीमा  २ ओभर  १ विकेट गुमाएर  १३ रन बनाएको छ ।

प्रकाशित: २१ जेष्ठ २०८१ २२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App