१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

डिभी

लघुकथा

बार पटकको प्रयासमा सुदर्शनलाई बल्ल डिभि परयो।  अघिल्लो वर्ष डिभी नपरेपछि उसको धैर्यको बाँध टुटिसकेको थियो तर श्रीमतीको करकापले फेरि डिभी भर्ने  प्रयास अन्तिम पटक गत साल भरेको थियो।

यसपटक पहिले सूचीमा नै उसले आफ्नो नाम देखेर  फुरुङ्ङ परे बूढाबूढी नै। अनि त्यसको प्रोसेस मिलाउन पनि झन्डै छ महिना लाग्यो।

अब उतै बस्ने भनेर उसले नेपालको जायजेथो पनि नरमकरम मिलाएर सबै सल्टायो।

उसले टिकट पनि काट्यो। आफ्नो, श्रीमतीको र छ वर्षको छोराको। जाने दिन नजिकिदै थियो। श्रीमतीको अमेरिकाप्रतिको आसक्तिले निरन्तर डिभी भरिरयो ।  सपना – जपना नै अमेरिका देख्ने उनी माइतबाट फर्कदा एक्सिडेन्ट भयो। यो नियतिको खेललाई कसैले रोक्न सकेनन्। अन्ततः उनले मृत्यु वरण गरिन्।

श्रीमतीको मृत्युले बिरल्ल बनेको सुदर्शनले अस्ति नै काटेको टिकट फिर्ता गर्न लगायो। त्यसबाट पनि आधा पैसा मात्र पायो। जायजेथो सबै सस्तो –सस्तो बेचिसकेर ऊसँग भएको थोरै पैसाले फेरि जोड्न पनि सम्भव भएन। सर्वस्व ठानेको एउटै छोराले स्वास्नीको कुरा सुनेर आमाबुबालाई  आरोप लगायो। अन्ततः भगडा गर्दै अंश लिएर बुबाआमालाई मतलबै नराखी एक्लै छाडेर हिँड्यो।

यसबेला आफूले गरेको पहिलेको व्यवहार सम्झेर आमाबुबालाई केही भन्ने आँट उसँग भएन तर ऊ बिचल्लीमा परेको देखेर आमाबुबाले निकै नै पीर माने । अनि कहिले मुख नहेर्ने भएर त्यागेको छोरासँग हारे। छोराको दुख र नातिको भविष्य सोचेर  उनीहरूले सबै कुरा बिर्सिदै बोलाएर आफैसँग राखे। 

प्रकाशित: १२ मंसिर २०७७ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App