६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

सुशान्त मृत्यु प्रकरण : ३० दिनपछि एक लाख धरौटीमा रिहा भइन् रिया

फाइल तस्बिर : रिया चक्रवर्ती

भारतीय अभिनेता एवं आफ्ना प्रेमी सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्ती बुधबार हिरासतमुक्त भएकी छन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईस्थित उच्च अदालतले एक लाख भारतीय रुपैयाँ धरौटीमा रिहा गरेको हो। ३० दिनपछि उनी रिहा भएकी हुन्।  

यसअघि मंगलबार उनीविरुद्ध विशेष अदालतले अक्टोबर २० तारिखसम्म हिरासतको म्याद थप गरेको थियो।  

उनका भाइ सौविक चक्रवर्ती भने अझै हिरासतमै छन्। उनलाई धरौटीमा रिहाका लागि गरिएको माग अदालतले अस्वीकार गरेको हो।  

सुशान्त मृत्यु प्रकरण अनुसन्धान गर्ने क्रममा लागुऔषधमा रियालगायत बलिउडका कलाकार संलग्न देखिएपछि यसतर्फ पनि अनुसन्धान भइरहेकाे हाे। 

 

यो पनि पढ्नुहोस्

सुशान्त मृत्यु प्रकरण: रियाप्रति गरिएको शंकाविपरीत आयो भिसेरा रिपोर्ट

 

प्रकाशित: २१ आश्विन २०७७ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App