सानु शर्मा
१
इष्टमित्र साथी कमाउन सकूँ भन्ने आश लाग्छ।
वस्तुको मूल्यभन्दा महत्व बुझ्नु नै खास लाग्छ।।
घमन्ड नदेखाउ, सत्य नलुकाउ, अस्तित्व नगुमाउ।
यस्तैयस्तै सोच्छु यति गर्न नसके बुद्धिनाश लाग्छ।।
२
घोचेर हैन सोचेर बोल् साथीको आँखामा छाउनु छ भने।
लुकेर हैन छाती फुकाई आउ मिठो माया पाउनु छ भने।।
अब तिमीले सोच बदल् स्वभाव बदल् इमानदारी बन् है।
बोली चिप्लो किन पिठ्यूँमा छुरा धस्न धाउनु छ भने।।
३
आफ्नो अमूल्य जीवन जस्का लागि खेर नफाल।
ऊ स्वार्थी छ भने एकोहोरो प्रेम गरी हत्य नहाल।।
उस्कै लागि नतडपियौ भो नटुक्र्याउ तिम्रो मुटु।
आँसु नै आँसुमा चल्दैन जिन्दगी अब मन सम्हाल।।
४
किन खै चल्दैन हजुरहरूलाई मैले छोको पानी।
रगत उस्तै रातो रातो, उस्तै हैन र आँखाको नानी।।
खै ममाथि मानविय व्यवहार दलित भएर होला।
दुखी छु त्यसैले गर्नुहुन्छ है मेरो झन्– झन् हानि।।
५
आफूले जितेर अरूलाई हराउँदा मनमा सन्तुष्टि मिल्छ भने।
कसैलाई खसालेर कसैलाई उठाउँदा सन्तुष्टि मिल्छ भने।।
के अर्तिउपदेश दिनु बेकार यस्तो कार्य गर्ने मानवलाई।
कसैको दुखमाथि मजाक उडाउँदा सन्तुष्टि मिल्छ भने।।
प्रकाशित: ५ आश्विन २०७७ ०६:४७ सोमबार