६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

यदि प्रेम गर्नु अपराध हो भने...

रिया चक्रवर्तीका वकिल सतीस माने सिन्देले यदि प्रेम गर्नु अपराध हो भने रिया सजायँको लागि तयार भएको बताएका छन्।

उनले भनेका छन्, ‘रिया चक्रवर्ती गिरफ्तारीका लागि तयार छिन्, किन भने उनको विरुद्धमा झुटो अभियान चलाएर निसाना बनाइएको छ।’

उनी निर्दोष भएकै कारण सीवीआई, ईडी र एनसीबी लगायतका ठाउँमा अग्रिम जमानतमा नगएको सिन्देले बताएका छन्।  

यसबीच रिया मुम्बई स्थित नारकोटिक्स कन्ट्रोल ब्यूरोमा पुगेकी छन्। नारकोटिक्स कन्ट्रोल ब्यूरोका उपनिर्देशक अमित फक्कड घवाटेले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार उनीसँग सोधपुछ बाहेक अरु केही हुँदैन।

यस अघि नारकोटिक्स कन्ट्रोल कन्ट्रोल ब्यूरोका अधिकारीले सुशान्त सिंह राजपूतका घरेलु सहयोग दीपेश सावन्त र कथित ड्रग प्याडलर अब्दुल बासित परिहारको अदालतमा पेश गरेका छन्।  

एनसीबीले दीपेश सावन्तलाई शनिबार गिरफ्तार गरेको थियो। उनलाई ड्रग्स किन्ने र त्यसको लेनदेन गर्ने आरोपामा पक्राउ गरेको बताइएको छ। डिजिटल प्रमाणको आधारमा पक्राउ गरिएको हो।

 

प्रकाशित: २१ भाद्र २०७७ ०९:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App