१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

नेपालको सान

बालकविता

कल्पना अधिकारी

 

 

आऊ साथी मिलीजुली रमाउँदै खेलौपढौं 

ठूलाको आज्ञा मानेर सानालाई माया बाढौं

कलिला हाम्रो हातले भविष्य बोक्न सक्छन् 

सानो हाम्रो पैतालाले लक्ष्य टेक्न सक्छन्

थरिथरिका फूलले एकताको माला गास्छौं 

आज हामी साना नै छौं एकदिन जून छुन्छौं

अन्धकार हटाउने ज्योति बाली चेतना भर्नु छ

मेचीकालीको गीत एकै भाखामा गाउनु छ

बुद्धको देश हो हामीले शान्तिको कामना गर्नु छ  

सगरमाथाको चुचुरामा नेपालको सान अडेको छ।।

प्रकाशित: २२ श्रावण २०७७ ०६:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App