२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

‘नो केबलकार’ पक्षले चैत २५ देखि आह्वान गरेको यातायात बन्द तत्काललाई स्थगन

फाइल तस्बिर

‘नो केबलकार’ पक्षले चैत २५ गतेदेखि कोशी प्रदेश क्षेत्रमा आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द तत्काललाई स्थगन गरेको छ।

बन्द क्षेत्रलाई ‘नो केबलकार’ पक्षले एशियन हाइवेबाट उत्तरी खण्ड, मेची राजमार्ग, तमोर करिडोर र धनकुटे रोड लागयतका क्षेत्र भनेर औंल्याएको छ। ‘नो केबलकार’ पक्षधरका एक जना अगुवा राम मादेनले मुक्कुमलुङ (पाथीभरा) केबलकारका विषयमा सर्वोच्च अदालतले दिएको गत चैत १३ गते जारी गरेको आदेशसहितका विषयलाई ध्यान दिँदै चैत २५ गतेदेखि आह्वान भएको अनिश्चितकालीन यातायात बन्द अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए।

सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले पाथीभरा केबलकार निर्माण कार्य तत्काललाई यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई छलफलका लागि बोलाउने गरी पेशी तोकेको थियो। पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई विपक्षी बनाई निवेदक यामबहादुर लिम्बूसहितले दायर गरेको उत्प्रेषण मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको थियो।

प्रकाशित: २२ चैत्र २०८१ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App