१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

‘शुद्ध मंगल ज्यादा सावधान’ दुबईमा प्रतिबन्ध

मुम्बई (एजेन्सी) – बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘शुद्ध मंगल ज्यादा सावधान’  दुबई प्रदर्शनमा प्रतिबन्ध लगाइएको छ। दुबईका सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार (आज) रिलिज भइरहेको ‘शुभ मंगल ज्यादा सावधान’ प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो।

पुरुष समलिंगी ‘गे’ को कथामा आधारित फिल्म भएकाले दुबईमा प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ। यस फिल्ममा अभिनेता खुराना पुरुष समलिंगी ‘गे’ को भूमिकामा देखिँदै छन्। यसअघि अभिनेता खुराना र जितेन्द्र कुमारबीचको किस सिन हटाइएमात्र फिल्म रिलिज गर्न सकिने सम्भावना रहेको बताइएको थियो।

‘पूर्वीय समाजमा समलिंगी हुनु र त्यसलाई व्यक्त गर्न जोखिम रहेको विषयमा फिल्म आधारितले भारतको विकसित समाजको कथा भनेको छ। यस विषयलाई सहजै स्वीकार गरिँदैन । फिल्म हेर्ने दर्शकले यस फिल्मबाट भरपूर मनोरञ्जन पाउनेछन्। समलिंगीका विषयमा कुरा गर्न मन नगर्ने दर्शकले उनीहरूका बारे एकपटक सोच्नेछन्,’ अभिनेता खुरानाले भने।

हितेश केवाल्याले निर्देशन गरेको ‘शुभ मंगल ज्यादा सावधान’ मा अभिनेता खुरानासहित नीना गुप्ता र गजराज रोयलगायतका कलाकारले अभिनय गरेका छन्।

सन् २०१२ मा ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यु गरेका अभिनेता खुरानाले सज् २०१७ को ‘शुभ मंगल सावधान’ मा यौन रोगी, २०१८ को ‘अन्धाधुन’ मा दृष्टिविहीन र गत वर्षको ‘ड्रिम गर्ल’ मा युवती र ‘बाला’ मा तालु खुईले युवकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: ९ फाल्गुन २०७६ ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App