१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कसले किन्ने पर्फर्मेन्स आर्ट ?

काठमाडौं – कलाकार पृथ्वी श्रेष्ठ विभिन्न पत्रपत्रिकाले अनुहार छोपेर एकोहोरो आफ्नो विचार व्यक्त गरिरहेका छन्। उनले विभिन्न कथाहरु सुनाउन सक्रिय छन्। काठमाडौं अन्तर्राष्ट्रिय पर्फर्मेन्स आर्ट महोत्सवअन्तर्गत सोमबार बौद्धस्थित तारागाउँ म्युजियममा उनले ‘होल्डिङ स्टोरी’ नामक पर्फर्मेन्स आर्टमा पत्रपत्रिकाको विभिन्न समाचारलाई आधार बनाएर अनुभूति प्रस्तुत गरे।

अर्की कलाकार सौरगंगा दर्शनधारीले जीवनमाथि आधारित पर्फर्मेन्स आर्ट देखाएकी थिइन्। कलाकार प्रमिला लामाले ‘रुट’ नामक पर्फर्मेन्स आर्टमा रुखको हाँगा र जीवनको प्रतिनिधित्व गर्ने अन्डालाई समावेश गरेकी थिइन्। नेपालमा सन् २००८ देखि पर्फर्मेन्स आर्टलाई प्रोत्साहन गर्न लिटिल मुभमेन्ट इन टाउन नामक अभियान सुरु भएपनि यसलाई बिक्री गर्न चुनौतीपूर्ण रहेको अनुभव कलाकारहरुले गरेका छन्। नेपालमा पर्फर्मेन्स आर्टलाई प्रोत्साहन गर्न सन् २०१६ पहिलो पटक काठमाडौं अन्तराष्ट्र्रिय पर्फर्मेन्स आर्ट महोत्सव सुरु भएको थियो। महोत्सवअन्तर्गत सोमबार कलाकारहरु प्रमिला लामा, पृथ्वी श्रेष्ठ, धु्रवराज शर्मा, अनिल सुब्बा, कुन्तीश्री थापा र सौरगंगा दर्शनधारीलगायत कलाकारले आ–आफ्नो आर्ट प्रस्तुत गरेका थिए।

‘नेपालमा पर्फर्मेन्स आर्ट बिक्री गर्न चुनौतीपूर्ण छ। पर्फमेन्ट आर्ट हेर्न आउने दर्शकको संख्या बढेपनि काम बिक्री भने हुन सकेको छैन्,’कलाकार पृथ्वी श्रेष्ठले भने, ‘कलाकारले विभिन्न विषयवस्तुमा आफ्नो विचार पर्फमेन्ट आर्टको माध्यमबाट रोचनक शैलीमा अभिव्यक्त गर्छन्। आर्थिक आम्दानी गर्न असफल भएपनि अन्तर्राष्ट्रियस्तरमा अवसर पाइरहेका छौं।’

पछिल्लो समय राजधानी वरपरका ग्यालरीहरूमा पर्फमेन्ट आर्टको क्रेज ह्वात्तै बढेको छ। पर्फमेन्ट आर्टमा विभिन्न हाउभाउ गरिरहेका कलाकारहरु आफ्नो कला बिक्री गर्न उत्साहित देखिन्छन्। तर, पर्फमेन्ट आर्टमा केन्द्रित कलाकारहरुले आफ्नो काम बिक्री भने गर्न पाएका छैनन्। पर्फमेन्ट आर्ट विभिन्न हाउभाउ, वस्तु र भावसहित गरिने अभिनय हो। यसले विचारलाई आम मानिसमा पु¥याउने गर्दछ। विदेशमा आयोजना हुने विभिन्न कला महोत्सवमा मुख्य विधा मानिने पर्फमेन्ट आर्टका कलाकारहरु हाउभाउ, अभिनय र संगीतको माध्यमले विचार अभिव्यक्त गरिरहेका हुन्छन्। नेपालमा अस्मिना रञ्जित, मनिषलाल श्रेष्ठ, सौरगंगा दर्शनधारी र पृथ्वी श्रेष्ठलगायतका कलाकारहरुले यो ट्रेन्डलाई पछ्याएका छन्। ‘कलाभित्रको सृजनात्मक विधा मानिने पर्फमेन्ट आर्टलाई न्यु मिडियाको भिन्न र स्वतन्त्र रुप मानिन्छ। यो शैलीका आर्ट नेपालमा बिक्री गर्ने अभ्यास खासै हुन सकेको छैन्,’ कलाकार मनीषलाल श्रेष्ठले भने। ‘बिन्दु स्पेस फर आर्टिस’ ले आयोजना गरेको महोत्सवमा नेपालसहित जापान, चीन, बंगालादेश र भारतका कलाकारहरु सहभागी भएका छन्।

यसअघि आयोजित अन्तक्र्रियात्मक कार्यक्रममा कलाकारहरुले एकआपसको पर्फमेन्स आर्टबारे आ–आफ्नो धारणा राखेका थिए। जापानी कलाकार डायुस्के ताकेवाले आफ्नो कलामा जीवन र अनुभूतिलाई मिसाउँदै बनाएको बताए । चिनियाँ कलाकार बिङयाङ यिनले प्रकृतिसँग जीवनको तुलना पर्फमेन्स आर्टबाट गरेको स्पष्ट पारेका थिए। बंगालादेशकी इफात राजोआना रेयाले प्रकृतिलाई आफ्नो कलामा समेट्दै आएको बताएकी थिइन्। महोत्सवअन्तर्गत कलाकारहरूले पनौतीको सांस्कृतिक सम्पदालाई चिनाउने कला प्रदर्शनी गर्नेछन्। महोत्सव आगामी कात्तिक २२ सम्म चल्नेछ।

प्रकाशित: १९ कार्तिक २०७६ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App