१७ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

अमेरिकामा बुद्ध मूर्ति

काठमाडौं – नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित सान फ्रान्स्किोमारहेको चर्चलाई गुम्बा बनाएरराखिने भएको छ। भिला परासोल टेम्पलका निर्देशक अल्फ्रेड वाङले सो चर्च खरिद गरेर गुम्बाको बनाउन लागिपरेका हुन्।

गुम्बा डिजाइनका लागि बुद्धको मूर्ति बनाउन ‘अर्डर’ गरेपछि पाटन औद्योगिक क्षेत्रभित्रमारहेको शाक्य ह्यान्डिक्राफ्टका मूर्तिकार वीरेन्द्र अवालेको समूहले काम सुरू गरेको थियो। सो मूर्ति सोमबार अमेरिकाको सान फ्रान्स्किोमा पठाउन लागिएको हो।

दुई वर्ष अवधिमा तयार भएको सो मूर्तिले नेपाली कलार कलाकारको कामलाई थप उचाईमा पु-याउन मदत गर्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। ‘ललितपुरको पहिचान, कलार संस्कृति विभिन्न पक्षलाई मूल्याकंन गरेर विश्व कला परिषद्ले यसलाई ३५ औं कला नगरी घोषणा गरेको छ। यसले कला, संस्कृतिको संरक्षणमा ललितपुर महानगरलाई थप जिम्मेवार, सर्तकर संवेदनशील बनाएको छ,’ उनले भने।

शाक्य ह्यान्डिक्राफ्टका मूर्तिकार वीरेन्द्र अवालेका अनुसार ३२ जनाको समूहले दुई वर्ष खटेर १८ फिट अग्लो अभिताभ आकारको बुद्ध तयार गरेको प्रतिक्रिया दिएका छन्। ‘बुद्धको फोटोको आधारमा काम सुरु गरेका थियौं। तामाबाट तयार भएको सो मूर्ति १५ सय केजीको छ,’ उनले भने।

प्रकाशित: २३ भाद्र २०७६ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App