६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

‘मेट गाला’ले प्रियंकाको कपाल चर्चामा

न्यूर्योक – हरेक वर्ष विदेशमा यस्ता केही कार्यक्रम हुन्छन्। जसको तस्बिर भारतमा भाइरल बन्छ। न्यूर्योकमा भएको ‘मेट गाला’ समारोह अहिले यसकै एक उदाहरण बनेको छ। त्यहाँ पति निक जोनाससँगै उपस्थित भएकी बलिउड नायिका प्रियंका चोपडाका केही तस्बिर अहिले सामाजिक सन्जालमा चर्चाको विषय बनेको छ। प्रियंकाको तस्बिर चर्चामा आउनुको कारण उनको कपाल र पहिरन हो।

प्रियंकाले लग्जरी ब्राण्ड डियोर सिल्वर न्यूड गाउन लगाएकी थिइन्। प्रियंकाको यो पहिरन उनको फ्यानलाई त मनप-यो। तर उनको बिग्रिएको कपाल र मेकअप लुक्सलाई फ्यानले रुचाएनन्। केही सामाजिक सन्जाल प्रयोगकर्ताले प्रियंकाको कपाललाई वीरप्पनको जुँगासँग तुलना गरेका छन्। वीरप्पनको जुँगासँग तुलना गरेकै कारण प्रियंकाको तस्बिरलाई वीरप्पनको जुँगासँग जोडेर राखिएको छ।

सामाजिक सन्जालमा प्रियंका, रणवीर सिंह र दीपिकाको बिग्रिएको कपालको तस्बिर सेयर गर्दै फिल्म ‘जोली एलएलबी’को संवाद ‘कहाँबाट आउँछन् यी मानिस’ भन्दै ट्रोल बनाइएको छ।  प्रियंकाको कपाललाई श्रीलंकाली क्रिकेटर लसिथ मालिंगाको हेयर स्टाइलसँग तुलना गरिएको छ। उनको कपाललाई सत्य साई बाबाको कर्ली हेयर स्टाइलसँग पनि तुलना गरिएको छ। फिल्मका केही डरलाग्दा चरित्रका कलाकारको लुक्सको तस्बिर सेयर गर्दै ती तस्बिरसँग प्रियंकालाई दाँजिएको छ। प्रियंकाको फेसन चासोलाई वैज्ञानिक आइन्स्टिनसँग पनि तुलना गरिएको छ। फोटोसपमार्फत प्रियंकाको कपालमा चरालाई राखेर गुँड पनि बनाइएको छ।

सामाजिक सन्जाल प्रयोगकर्ताले प्रियंकाको कपाललाई वीरप्पनको जुँगासँग तुलना गरेका छन्। वीरप्पनको जुँगासँग तुलना गरेकै कारण प्रियंकाको तस्बिरलाई वीरप्पनको जुँगासँग जोडेर राखिएको छ।

प्रियंकाको कपाल र पहिरनले गर्दा पनि उनको तस्बिरमा धेरै प्रतिक्रियाहरू आइरहेका छन्। आदिल अलीले सामाजिक सन्जालमा राखिएको प्रियंकाको तस्बिरमा ‘यस्तो लाग्छ कि हलोविन पार्टी हुने तयारी भइरहेको छ’ भन्दै प्रतिक्रिया लेखेका छन्। अर्का प्रयोगकर्ता अनिषले ‘प्रियंका जोनी लिवर जस्तो देखिएकी छिन्’ भनेर उल्लेख गरेका छन्।

त्यस्तै शिवकुमार गुप्ताले ‘प्रियंका भारतबाट मानिसका रूपमा गएकी थिइनँ। त्यहाँ गएर के भइन् ?’ भन्दै प्रश्न गरेका छन्। ललित रायले ‘निक जोनास आफ्नो संस्कृतिलाई पछ्याइरहेका छन्। प्रियंका त्यो रंगमा रंगिएकी छन्। प्रियंकासँग कुनै गुनासो छैन। यो उनको जिन्दगी हो। तर निकका लागि थोरै भए पनि ताली चाहिँ अवश्य नै बजाउनुपर्नेछ’ भन्दै प्रतिक्रिया दिएका छन्।

प्रियंका ‘मेट गाला २०१९’मा पति निक जोनाससँग देखिएकी छन्। प्रियंकाको जस्तै निकको लुक्सबारे पनि सामाजिक सन्जालले मजाक बनाएका छन्। प्रियंकाको सन् २०१८ र सन् २०१९ को रूपसँग तुलना गर्दै उनको कपाललाई विवाहको असर भनेका छन्।

प्रियंका र निकका लागि ‘मेट गाला’ विशेष छ। किनकी उनीहरूको पहिलो भेट यही ‘मेट गाला’मा भएको थियो। यसपटकको ‘मेट गाला’मा प्रियंकासँगै बलिउडकी अर्की अभिनेत्री दीपिका पादुकोणले पनि सहभागिता जनाएकी छन्। तर सामाजिक सन्जालमा दीपिकाको भन्दा प्रियंकाकै चर्चा बढी छ।

प्रियंकाले लगाएको पहिरनलाई कस्ट्युम इन्स्टिीच्यूट गाला अथवा मेट बल भनिएको छ। यो न्यूर्योकमा रहेको मेट्रोपोलेटिन म्यूजियम अफÞ आर्ट्स कस्ट्यूम इन्स्टिीच्यूटको फाइदाका लागि आर्थिक सहयोग जुटाउन तयार पारिएको हो। यो इन्स्टिीच्यूटको वार्षिक फेसन प्रदर्शनीको सुरुवात सेलिब्रेटीको रोजाईमा रहेका पहिरनबाट नै हुन्छ।

‘मेट गाला’मा हरेक वर्ष एक थिममा आधारित रहेर सेलिब्रेटीले कपडा पहिरिन्छन्। यो वर्षको ‘मेट गाला’का थिम फोटोग्राफर सुसेन सोंटाग सन् १९६४ को फोटो एस्से ‘नोट्स अन कैंप’बाट प्रभावित छन्। उनले यो थिमको नाम नै ‘कैंप’ राखेका छन्। त्यही कारण यसपटक फिल्म स्टारहरूले थिममा आधारित पहिरन लगाएर आयरनी, ह्युमर, प्यारोडी, नक्कल, चलाखी र नाटकपना देखाएका थिए। ‘मेट गाला’को सुरुवात प्रख्यात गायिका लेडी गागाले गरेकी थिइन्।

प्रकाशित: २६ वैशाख २०७६ ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App