१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बानिकाको ‘जानी नजानी’लाई चार अवार्ड

लाइफटाइम अचिभमेन्ट अवार्ड ग्रहण गर्दै संगीतकार, गीतकार तथा गायक दीपक जंगम। तस्बिर सौजन्यः दीपकको फेसबुक

काठमाडौं – गायिका बानिका प्रधानको गीत ‘जानी नजानी’ले राजधानीमा गत शुक्रबार भएको २२ औं संस्करणको ‘हिट्स एफएम म्युजिक अवार्डस २०७५’मा सर्वाधिक चार विधामा अवार्ड जितेको छ। हिट्स नेपालले आयोजना गरेको कार्यक्रममा यो गीतले ‘रेकर्ड अफ दी इयर’को अवार्ड पाउँदा यही गीतबाट गायिका बानिकाले ‘बेस्ट फिमेल भोकल परफर्मेन्स’, संगीतकार दिनेश सुब्बा ‘बेस्ट कम्पोजिसन’ र एरेञ्जर चाँद सिंह ‘बेस्ट एरेञ्जमेन्ट’ ठहरिए।

गीत ‘सम्पत्ति दिए’बाट गायक दीप श्रेष्ठले ‘बेस्ट मेल भोकल परफर्मेन्स’को अवार्ड उचाल्दा यसै गीतका गीतकार डा. राजुबाबु श्रेष्ठले ‘बेस्ट सङ अफ दी इयर’ अवार्ड पोल्टामा पारे। अवार्डमा लोचन रिजालको एल्बम ‘काँचो आवाज’ले ‘एल्बम अफ दी इयर’को अवार्ड जित्दा गायक नितेशजंग कुँवर गीत ‘हाम्रो नेपालमा’का लागि ‘बेस्ट न्यू आर्टिष्ट’ र ‘बेस्ट मेल पप भोकल परफर्मेन्स’, गायिका श्रेया सोताङ गीत ‘मन चरी’बाट ‘बेस्ट फिमेल भोकल परफर्मेन्स’, गायक सञ्जिव पराजुली र गायिका टीका प्रसाई गीत ‘नाइ मलाई था छैन’बाट ‘बेस्ट भोकल कोलाबोरेसन’ बने।

त्यस्तै गीत ‘पिरै पिर’बाट म्युजिकल व्याण्ड १९७४ एडी ‘बेस्ट परफर्मेन्स बाइ ए ग्रुप अर डुओ विथ भोकल’, यही गीतबाट निराकार याक्थुम्बा ‘बेष्ट पप÷रक कम्पोजिसन’, गायक प्रयत्न श्रेष्ठ ‘हक’ गीतबाट ‘बेस्ट रक भोकल परफर्मेन्स’, रान ठकुरी र विष्णुमाया गुरुङ गीत ‘साईंली’बाट ‘फोक रेकर्ड अफ दी इयर’ र फिल्म ‘दुई रुपियाँ’को गीत ‘कुटुमा कुटु’बाट राजनराज शिवाकोटी ‘बेस्ट सङ ओरिजिनली रेकर्डेड फर ए मोसन पिक्चर साउण्ड ट्रयाक’ बने।

कार्यक्रममा संगीतकार, गायक तथा गीतकार दीपक जंगमलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको थियो। जंगमलाई सम्मान गरिरहँदा त्रिभूवन विश्वविद्यालय संगीतका विभागको एक समूहले जंगमद्वारा संगीतबद्ध गीत सुनाएका थिए।

कार्यक्रमलाई सांगीतिक बनाउन जेम्स प्रधान, बानिका प्रधान, उपेन्द्र र साथीहरू, १९७४ एडी, आरके स्क्वायर, द याक्ट र वास्तुले आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको सम्झनामा निर्माण गरिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो।

प्रकाशित: २३ मंसिर २०७५ ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App