१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

अक्षयको ‘२.०’ ले प्रदर्शन अगावै तोड्यो ‘बाहुबली २’ को रेकर्ड

मुम्बई– अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ले भारतको लोकप्रिय फिल्म ‘बाहुबली २’को रेकर्ड तोडेको छ। ‘२.०’ नोभेम्बर २९ अर्थात अबको एक हप्तापछि प्रदर्शनमा आउँदैछ। 

यो फिल्म भारतमा मात्र ६६ सय देखि ६८ सय हलमा एक साथ प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबकी ‘बाहुबली २’ भारतका ६५ सय हलमा प्रदर्शन भएको थियो। यस्तोमा प्रदर्शन अगावै अक्षयको फिल्मले नयाँ रेकर्ड बनाएको छ। 

त्यस्तै, २ घण्टा २८ मिनेट लामो यो फिल्मले पहिलो दिन ३३ हजार शो पाएको छ। जबकी बाहुबली २ ले ३१ हजार शो मात्रै पाएको थियो। 

रिलिजभन्दा पहिले नै २ सय करोड कमाईः २.० को सेटलाइट राइट्स (हिन्दी, तमिल र तेलुगु गरी) करिब ११० करोड रुपैयाँमा विक्री भएको छ। सञ्चारमाध्यमको रिपोर्टअनुसार थिएट्रिकल राइट ८० करोड रुपैयाँमा विक्री भएको छ। यसरी फिल्मले प्रदर्शनअगावै २ सय करोड पनि कमाइ सकेको छ। 

एडभान्स बुकिङ्गमा पनि रेकर्ड ः फिल्म ‘२.०’ले प्रदर्शनभन्दा पहिलै एउटा अर्काे रेकर्ड पनि बनाएको छ। यो फिल्मका लागि १२० करोड रुपैयाँको अग्रिम बुकिङ्ग भइसकेको छ। ट्रेड एनालिस्ट रमेश बालाका अनुसार तमिल सिनेमाको इतिहासमा १ सय करोडको आँकडा पार गर्ने पहिलो फिल्म बनेको छ। 

फिल्म २.० मा अक्षय कुमार, रजनीकान्त, एमी ज्याक्सनको मुख्य भुमिकामा छन्। एस शकरले निर्देशन गरेको फिल्ममा ४डी साउण्ड प्रविधि प्रयोग गरिएको छ भने ब्याकग्राउण्ड एआर रहमानले १५० दिनमा बनाएका थिए। 

२.० सन् २०१० मा प्रदर्शन भएकाे रजनीकान्त र एेश्वर्या रायकाे फिल्म राेबाेटकाे सिक्वेल हाे। 

प्रकाशित: ७ मंसिर २०७५ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App