१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

पौडेलको ‘छोरीका आँखा ’

काठमाडौं – लघुकथाकार शारदा पौडेल ‘निशा’ को लघुकथा संग्रह ‘छोरीका आँखा’ सार्वजनिक भएको छ। राजधानीमा हालै आयोजित कार्यक्रममा प्राध्यापक मोहनराज शर्मालगायतले पुस्तक सार्वजनिक गरे। पौडेल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, स्पेनका अध्यक्ष पनि हुन्।

कार्यक्रममा डा .लक्ष्मणप्रसाद गौतमले पौडेलका लघुकथाहरू नारी केन्द्रित भएको बताए। ‘संग्रहमा नारी भोगाइ, नारी पीडा र नारी संघर्षको कुरा सजीव तरिकाले आएका छन्। ‘कथा नारीको पीडामा मात्रै केन्द्रित छैन। नारीहरूले आफ्नो अस्तित्वका लागि कसरी संघर्ष गछन् भन्ने कुरा पनि  छ । लघुकथामा हामीले देखेका, भोगेका यथार्थ छन्,’उनले भने।

डा. पुष्करराज भट्टले नेपाली साहित्यमा लघुकथालाई लेखनको राजमार्ग बनाएर हिँड्नेको संख्या कम भएको बेला पौडेलको उपस्थित निकै उत्साहप्रद भएको बताए।  प्राध्यापक शर्माले रचनामा भाषा, शैली, विषयवस्तु र प्रस्तुति कुनै न कुनै पक्षमा नयाँपन हुनुपर्ने सुझाए। ‘अहिले लैंगिक समानताको युग आएको छ । अब नारी एकलकाँटे भएर पुरुष सत्ताको विरोधमा मात्रै कलम चलाउनु हुँदैन,’ उनले भने।  

लघु कथाकार खेमराज पोखरेलले डायस्परिक साहित्य राम्रो उपलब्धि भएको बताए। कथाकार पौडेलले पहिले ‘मुनामदन’ शैलीको कविता लेखेर विद्यालयमा पाएका पुरस्कारले लेखनमा उत्साह थपेको बताइन्।  उनले ‘नाजवाफ ’शीर्षकको लघुकथा पनि वाचन गरेर सुनाएकी थिइन्।

प्रकाशित: २५ आश्विन २०७५ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App