१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

वरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन

काठमाडौं – गायक तथा नाट्यकर्मी बरिष्ठ कलाकार हरिप्रसाद रिमालको निधन भएको छ । १९८२ असोज २ गते जन्मियका ९३ वर्षीय रिमालको गएराति बानेश्वरस्थित निवासमा निधन भएको हो। रिमाल लामो समयदेखि अस्वस्थ थिए।

पारिवारिक स्रोतका अनुसार उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि शुक्रबार बिहान १० बजेसम्म उनकै निवास अगाडी राखिने छ भने त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

उनले ‘आमा’,  ‘मनको बाँध’  ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका छन्। रिमालले ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा पनि अभिनय गरेका छन्।

रिमाल कुसल गायक पनि हुन्। उनको  ‘फगत एक नजरमा कसैले लियो मन’ निकै चर्चित गीत हो। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: १५ भाद्र २०७५ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App