१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सुशान्त र कृतिको ब्रेकअप !

मुम्बई - बलिउड नायिका कृति सेनन र नायक सुशांत सिंह राजपूतको अफेयरको चर्चा सुरु भएको लामो समय भएको छैन। सुशान्तले बलिउडमा चर्चा पाएसँगै उनले सिरियलमा काम गरेकी अंकिता लोखन्डवालीलाई छाडेर कृति सेननसँग अफेयर सुरु गरेका थिए। तर दुवैले सँगै काम गरेको फिल्म ‘राब्ता’ बक्स अफिसमा डुबेपछि यसले दुवैको प्रेम पनि लिएर डुबेको छ। बलिउडमा छाएको ताजा गसिप अनुसार सुशान्त र कृति एक अर्कासँग अलग भएका छन्।

समाचार अनुसार कृति सुशान्तसँगको अफेयरलाई अगाडि नबढाउने निर्णयमा पुगिसकेकी छन्। त्यहीकारण फिल्म ‘राब्ता’को सुटिङ समयदेखि नजिकिएको सुशान्तसँगको सम्बन्धलाई उनले तोडेकी हुन्। 

यो जोडी अहिले आ–आफ्नो काममा व्यस्त छन्। फिल्मको काममा नै ध्यान दिएकाले यो जोडी एकापसमा भेट्ने काम पनि बन्द गरेका छन्। सुशान्त ‘किजी और मेनी’ र कृति ‘लुका छुपी’को सुटिङमा व्यस्त छन्। योबाहेक दुवैको हातमा अन्य धेरै फिल्म छन्। 

बलिउडका केही फिल्मकर्मीले सुशान्तले सुटिङ गरिरहेको फिल्म ‘किजी और मेनी’को कोस्टार सन्जना संघीसँगकोस्टारभन्दा पनि बढी सम्बन्ध बढाउनु नै कृतिसँग ब्रेकअप हुने कारण रहेको बताएका छन्। तर फिल्मका निर्देशक मुकेश छाबडाले यो कुराको खण्डन गरेका छन्। सुशान्तले ‘काइ पो चे’बाट बलिउडमा डेब्यु गरेका थिए भने कृतिले ‘हिरोपन्ती’बाट बलिउड यात्रा सुरु गरेकी थिइन्।

 

प्रकाशित: ११ भाद्र २०७५ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App