१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सितार वादक वैद्य रहेनन्

काठमाडौं- सितार वादक विजय वैद्यको निधन भएको छ। सांगीतिक समूमह ‘सुरसुधा’ का संस्थापक मध्येका एक वैद्यको आइतबार ५२ वर्षको उमेरमा निधन भएको हो। उनी कलेजो र फोक्सोको रोगबाट पीडित थिए। शास्त्रीय धुनलाई व्यवसायीकरुपमा देश विदेशका मञ्चसम्म पुर्याउने श्रेय उनलाई जान्छ।

उनी पछि ‘सुरसुधा’ बाट अगल भएका थिए। त्यस पछि उनले व्याक्तिगत पहलमा ‘रक सितार’ अभियान चलाइरहेका थिए। वैद्यले सितारको आवाजलाई विद्युतीयरुपमा प्रयोग गर्दै लोकप्रिय बनाइरहेका थिए। उनले सांगीतिक एल्वम पनि निकालेका छन्। वैद्यले सितार सुद्या, म्युजिक अफ पिस, रक सितार लगायतका एल्वम निकालेका छन्।

 

 

 

 

 


 

 

प्रकाशित: १८ चैत्र २०७४ १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App