४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकार दीपा राई पुनकी आमा बिमला साङपाङ राईलाई माैलाशाेभा राई आमा सम्मान

साहित्यकार दीपा राई पुनकी आमा विमला साङपाङ राईलाई मौलशाेभा राई आमा सम्मानले सम्मान गरिने भएकाे छ।अनलाइन अभिलेख प्रालिले एक कार्यक्रमकाे आयाेजना गरी साे सम्मानकाे घाेषण गरेकाे हाे।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ राेदन संयाेजक रहेकाे छनाेट समितिले साे सम्मानकाे निर्णय गरेकाे हाे। समितिमा डा. चमा थुलुङ, विमला तुम्खेवा, कमल ज्ञवाली र सिद्धराज राई रहेका छन्।

पुरस्कारकाे संस्थापक डा. राईकाे जन्म दिनकाे अवसरमा साे सम्मानकाे घाेषणा गरिएकाे हाे। नेपाली साहित्यमा दीपा राई पुनले पुर्‍याएकाे याेगदानस्वरूप उनकी आमालाई साे सम्मान दिन निर्णय भएकाे हाे।

दीपा राई पुनकाे जन्म दिनकाे अवसर पारेर आउँदाे कात्तिक २९ गते उनकी आमा विमला साङपाङ राईलाई नगद ५० हजार रुपैयाँ र ताम्रपत्रसहित मौलशाेभा राई आमा सम्मानले गरिने भएकाे छ।

 साहित्यकार दीपा राई पुन/  आमा विमला साङपाङ राई

मौलशाेभा राई आमा सम्मानकाे संयाेजक श्रीओम श्रेष्ठ राेदनले दिनका दिन पुरस्कार वितरण र सम्मान कार्यक्रम भइरहेकाे तर यस्ताे खाले सम्मान नभएकाे बेला साहित्यकार राईले आमाकाे नाउँमा सम्मानकाे स्थापना गरेर उल्लेखीय काम गरेकाे बताए।

साहित्यकार किवाङ्गहाङ्ग राईले स्रष्टाहरूले समाजलाई गतिशील बनाउने काममा खट्नुपर्ने सुझाव दिंदै डा. राईले बाबुकाे नाउँमा जताततै काम भइरहेकाे बेला आमाकाे नाउँमा सम्मानकाे स्थापना गरेर प्रंशसनीय काम गरेकाे बताए।

डा. राईले भाषा, साहित्य, कला, संस्कृति,आर्थिक, राजनैतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशाेभा राई आमा सम्मान प्रदान गरिने बताएका छन्।

डा. राईले अरू धेरै क्षेत्रका लागि पुरस्कार र सम्मान स्थापना भएकाे तर आमाकाे नाममा नभएकाे, आमालाई सम्मान गर्नुपर्छ भन्ने साेच र आमाकाे सामाजिक सुरक्षाका लागि उक्त सम्मानकाे स्थापना गरेकाे बताए।

साहित्यकार डा. राईको वसन्त ऋतु उपन्यास, लाशमाथिको मानव नाटक, अस्तु कथासंग्रह, कोभिड डायरी डरका बिम्बहरू, सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता अलङ्कारविधानकाे जस्ता कृति प्रकाशित छन्।

उक्त कार्यक्रममा सञ्चारकर्मी/ साहित्यकार किवाङ्गहाङ्ग राई, राजेश खनाल, याेगेन्द्रकुमार राई, श्रीराम राई लगायतकाे उपस्थित रहेकाे थियाे।

प्रकाशित: २८ श्रावण २०८१ १०:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App