४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकार रेणुका भट्टराईको ‘मञ्जरी’ खण्डकाव्यको लोकार्पण

झ्याउरे छन्दलय कविता लेखनकी अभियन्ता पत्रकार तथा साहित्यकार रेणुका भट्टराईको ‘मञ्जरी’ खण्डकाव्यको दोस्रो संस्करण लोकार्पण तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ।

साहित्य सदन नेपाल रामहिटी बौद्ध काठमाडाैंमा काव्य घर नेपालको आयोजनामा भएको हो। प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले व्यानर पढेर उद्घाट्न गरेको कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरूले सामूहिक रूपमा कृतिको लोकार्पण गरेका थिए।

स्रष्टा भट्टराईले २०५७ सालमा लेखेको काव्यको पहिलो संस्करण २०६१ सालमा प्रकाशन भएको थियो।

दोस्रो संस्करण कृतिबारे प्राडा देवी नेपाल र प्रा. सीता भट्टराईले बोलेका थिए। उक्त कार्यक्रममा प्रा. जगतप्रसाद उपाध्याय, प्राडा हेमनाथ पौडेल, प्राडा रामप्रसाद ज्ञवाली र अर्जुन ‘विरक्ती’ ले शुभकामना मन्तव्य दिएका थिए।

प्रमुख अतिथि पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले भट्टराईको काव्यकृति समयसापेक्षाता बोकेको कृति भएको बताए। साथै लेखकबाट मन्तव्य दिंदै भट्टराईले कृति रचना गर्भबारे प्रकाश पार्दे सम्पूर्णलाई धन्यवाद दिएकी थिइन्।

कार्यक्रममा लोकार्पित कृतिबाट जानुका भट्टराई, अधिकारी विमला, गंगा कर्माचार्य पौडेल र शान्ति पौडेलले सिर्जना वाचन गरेका थिए। उक्त अवसरमा स्रष्टा भट्टराईका पुत्र सुदृढ पोखरेलको जन्मदिन परेको अवसरमा शुभकामना समेत प्रदान गरिएको थियो। प्रमुख अतिथिले टीका लगाई शुभकामना दिएका थिए।

आयोजक संस्थाका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा भएको कार्यक्रमा अतिथि जलेश्वरी श्रेष्ठ, गंगा लिगल लगायत विशिष्ट साहित्यकार तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमलाई साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेको सञ्चालन र इन्दु पन्तले स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित: १८ श्रावण २०८१ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App