६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

‘स्वस्थानी भर्सेस ग्याङ’ नयाँ वर्षदेखि

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ देखि स्ट्रिमिङ हुने भएको छ। पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो।

सार्वजनिक पाँच पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ। यसअघि रुचाइएका ‘हाम्रो हाईस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यु एन्ड आई’ पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’ सँगको सहकार्यमा छुट्टै एउटा नयाँ  सिरिज ल्याउन लागेको हो। नेपालमा बनिरहेका वेब सिरिजभन्दा बिल्कुलै फरक ढंगले निर्माण भएको टिमले जानकारी दिएको छ।

यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ। पोखरेल आफैंले यसअघि नेपालमा युवा पुस्ताले रुचाएका तीनवटा सिरिज निर्देशन गरिसकेका छन्। सरोज अधिकारी र सागर खनाल निर्माता हुन्। कार्यकारी निर्मातामा विजय अधिकारी (बन्नी) छन्।

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, संगीता बस्याल, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याललगायतका कलाकार छन्। गायक प्रताप दासको केमियो भूमिका हुनेछ। संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहने छ।

एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज ‘कार्टुन्ज क्रु’ को युट्युब च्यानलमा स्ट्रिमिङ हुने छ। सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन्।  

एउटा मोबाइलको वरपर केन्द्रित कथावस्तुमा सिरिज बनाइएको छ। सिरिजमा १० एपिसोड छन्। ‘हामी पहिले लभ स्टोरी बनाउँथ्यौं। यसपटक कमेडी र एड्भेन्चरतिर लागेका छौं।

प्रकाशित: १४ फाल्गुन २०८० १०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App