१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पुष्पनको ‘इन्दुरे मिन्दुरे’ बजारमा

काठमाडौं, – भारतको डुवर्समा बसेर संगीतमा सक्रिय पुष्पन प्रधान एकल एल्बमका साथ बजारमा आएका छन् । उनको एकल गायन रहेको एल्बम ‘इन्दुरे मिन्दुरे’ आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विमोचन गरियो।

विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको एल्बममा ६ गीत समावेश छन् । ६ वटै गीतमा शब्द र संगीत पुष्कर पराजुलीको रहेको छ ।एल्बम सार्वजनिक समारोहमा बोल्दै गीतकार तथा संगीतकार पराजुलीले देशका बेरोजगार युवाको पेन्डुलमको अवस्थालाई चित्रित गर्ने हिसाबले एल्बमको नाम जुराएको बताए ।  एल्बमभित्र ‘आठ बजे’ , ‘डम्पिङ ग्राउन्ड’, ‘झमझम रसिया’ , ‘चिमुसी चि’ र ‘इन्दुरे मिन्दुरे’ बोलका गीत समाबेश  छन् ।
कार्यक्रममा पुष्पन प्रधानले पाँचवटा गीत गाएर सुनाएका थिए।

उनले एल्बममा साधारण मानिसका कथा भन्ने प्रयास गरेको बताउँदै एल्बममा समावेश गीत जीवनीपरक बनाउने प्रयास गरेको बताए । ‘म गायक हैन गीताङगे हुँ । बाँच्नका लागि जस्तोसुकै गीत गाउनुपर्ने बाध्यता रहे पनि फरक धारको गीत गाउन मनपर्छ,’ उनले भने  ‘समाजको वास्तविक चरित्र देखाउन यी गीतहरू कोसेढुंगा सावित हुने विश्वास लिएको छु ।  सामान्य जीवन बाँच्नेको कथा कस्तो हुन्छ र  उसले देशका लागि के गर्न सक्छ  यसको उत्तरका  लागि पनि यस एल्बमका गीत सुन्न जरुरी छ ।’

कार्यक्रममा ‘ठूल्दाजुु’ शीर्षकको गीतको भिडियो पनि देखाइएको थियो । म्युजिक भिडियोमा सफर पोखरेलले अभिनय गरेका छन् भने भिडियोको निर्देशन रोज्वे रेग्मीले गरेका हुन् । ‘जिन्दगी रक्स’मा एउटा गीतमा संगीत दिएका पुष्पनले निर्माणको अन्तिम चरणमा रहेको ‘समरलभ’मा एकल संगीत दिएका छन् ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App