८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

सन् २०२३ को नयाँ शब्द

यस्ताे पनि!

अखबारहरूले खबर मात्र दिँदैनन्, खबरलाई महत्वपूर्ण बनाउन नयाँ शब्दहरू पनि जन्माउँछन्। सन् २०२३ मा यस्ता केही शब्द अखबारहरूमा निकै चर्चित रहेको गार्डियन पत्रिकाले लेखेको छ। त्यस्ता चर्चित शब्दहरूमध्ये ‘हलुसिनेसन’, ‘बार्बेनहाइमर’ र ‘अकाबो’ रहेको अखबारले जनाएको छ। त्यस्तै ‘रिज’ले पनि ठाउँ जमायो।

यी शब्दहरूमध्ये केही बोलीचालीमा भए पनि अखबारमा पहिलो पटक छापिएको, केही व्यक्ति विशेष वा ठाउँको नाउँमा राखिएको र केही भने विषयको गम्भीरता बुझाउन नयाँ शब्द गढिएको अखबारले जनाएको छ।

सबैभन्दा बढी चल्तीमा ‘बार्बेनहाइमर’ शब्द रह्यो। एकै दिन सिनेमा हलमा रिलिज भएका दुई फिल्मले यति बजार पिट्यो कि तिनको प्रख्यातिका कारण नयाँ शब्द जन्मियो, ‘बार्बी’ र ‘ओपनहाइमर’ मिसाएर।

यस्तै प्रख्यात भएको अर्को शब्द ‘रिज’ थियो। कलाकार टम हार्डीले आफू कुनै विशेष चमत्कारी करिश्मा नभएको व्यक्ति जनाउन ‘रिज’ शब्द प्रयोग गरेका थिए। ‘मसँग अहिलेसम्म कुनै ‘रिज’ छैन, अँ थोरैथोरैचाहिं छ,’ उनले स्पाइडरम्यान फिल्मका हिरोको यो भनाइ इन्टरनेटमा मिमका रूपमा निकै भाइरल बन्न पुगेको थियो।

यस्तै बेलायती अखबारमा देखिएको अर्को शब्द ‘अकाबो’ हो। महिला विश्वकप फुटबलका बेलामा जब स्पेनले खेल जित्यो, प्रशिक्षकले कप्तान युवतीलाई ओठमै चुम्बन गरेको दृश्य भाइरल भयो। यसपछि केहीले मीटू अभियानसँग जोडे र स्पेनीहरूले सामाजिक सञ्जालमा ह्यासट्याग ‘सेअकाबो’लाई ट्रेन्डिङ गराए। यसको अर्थ अंग्रेजीमा ‘इट्स ओभर’ भन्ने हुन्छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अर्कै रूप २०२३ भरि देखियो। खासगरी ओपनएआईको च्याटजिपिटी, डाल ई र बार्डजस्ता टुलले निकै चर्चा पाए। यसलाई केहीले ‘हलुसिनेसन’ (एआईले सिर्जना गर्ने गलत सूचनाले उत्पन्न गर्ने अवस्था) पनि नामकरण गरे।

यस्तै अंग्रेजीमा ट्वीटरको नाउँ परिवर्तन भएकाले ‘एक्स’ शब्द पनि निकै चर्चित रह्यो।

-प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १६ पुस २०८० ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App