११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

बलिउडमा ‘ए सर्टिफिकेट’ पाएका चार फिल्मले कमाए १८ सय ७५ करोड

भारतीय फिल्म उद्योगको लागि २०२३ ठूलो साबित भयो। यो वर्ष रिलिज भएका फिल्महरूले करिब ११ हजार ७३० करोड भारुको कीर्तिमानी कमाई गरेका छन्।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यो वर्ष भारतीय फिल्म उद्योगमा ‘ए सर्टिफिकेट’ पाएका चार वटा फिल्मले करिब १ हजार ८७५ करोड कमाएका छन्।

यो वर्ष भारतीय फिल्म उद्योगमा नयाँ ट्रेन्ड देखिएको छ। ‘ए सर्टिफिकेट’ का फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरे। यो वर्ष चार ठूला चलचित्रलाई ‘ए सर्टिफिकेट’ दिइएको थियो जसमा ओएमजी २, एनिमल, सलार र द केरला स्टोरी समावेश छन्।

त्यस्तै यो वर्ष ६ फिल्मले ५०० करोडको आँकडा पार गरेका छन्। जसमा जवान, पठान, एनिमल, गदर २, लियो र जेलर फिल्महरु छन्। तीन दिनमा ४०० करोड कमाएको ‘सलार’ यो ५०० करोड क्लबमा पुग्ने सातौं फिल्म हुनेछ।

प्रकाशित: १२ पुस २०८० १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App