६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो १ करोड

बलिउड अभिनेता शाहरूख खानको फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै १ करोड कमाएको छ।

भारतीय मिडियाहरूका अनुसार  शनिबारदेखि अग्रिम टिकट बुकिङ सुरु भएको फिल्मले पहिलो दिनमै १ करोड २४ लाख कमाएको हो।  

शाहरूखको  'जवान' र 'पठान' फिल्मले राम्रो चलेपछि  ुडंकीु फिल्ममा पनि दर्शकको आशा बढिरहेको छ। शाहरूखको  'जवान' र 'पठान' ले बक्स अफिसमा सबै रेकर्ड तोडेको थियो।

फिल्म 'डंकी' राजकुमार हिरानीले निर्देशन गरेका हुन्। फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

यो फिल्म २१ डिसेम्बरदेखि रिलिज हुँदैछ। 

प्रकाशित: १ पुस २०८० १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App