१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

अनमोलले पाएको ‘वर्ष स्टार’ अवार्डमा उठ्यो प्रश्न

नायक अनमोल केसीले पाएको  ‘वर्ष स्टार’ अवार्डमा प्रश्न उठ्न थालेको छ। केसीले ग्लोबल नेपाली फिल्म अवार्डबाट ‘वर्ष स्टार’ अवार्ड प्राप्त गरेको थिए। केसीले पाएको सोही अवार्डमा प्रश्न उठ्न थालेको छ।

‘वर्ष २०२३ सालको स्टार’को उपाधि नायक अनमोल केसीले हात पारेका थिए भने नायिका स्वस्तिमा खड्का वर्ष नायिका घोषित भएकी थिइन्।

तर, अहिले अनमोललाई कुन चलचित्रबाट वर्ष स्टारको अवार्ड दिइयो भन्ने प्रश्न उठेको छ। जबकी उनले सन् २०२३ मा खेलेको एक मात्र चलचित्र ‘छड्के २’ फ्लप भएको थियो।

निगम श्रेष्ठले निर्देशन गरेको  ‘छड्के २’ मा अनमोल मुख्य भूमिकामा थिए।  ‘छड्के २’ पछि सन् २०२३ मा अनमोलले कुनै पनि फिल्म खेलेका छैनन्। उक्त फिल्म बक्स अफिसमा सुपरफ्लप भएको थियो।

८ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘छड्के’ को सिक्वेलमा रुपमा छड्के २ आएको थियो। पहिलो सिक्वेलमा ३ जना अभिनयका उस्तादहरू सौगात मल्ल, दयाहाङ राई र विपिन कार्की थिए।

प्रकाशित: ३० श्रावण २०८० ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App