१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

घर सम्हाल्न बिदेसिएका चेलीको कथा

राेजगार

नेपालमा रोजगारको अवसर र सम्भावना नदेखेपछि स्वदेशमा केही गर्न सकिँदैन भन्दै अहिले बिदेसिनेको लर्को धेरै नै चर्को भएको छ। पहिले महिला घरबाट बाहिर निस्कने चहलपहल थिएनन् भने अहिले स्वदेशी महिला पनि अत्यधिक बिदेसिने क्रम उकालिएको छ। घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुन थालेसँगै रोजगारीका लागि ससाना बालबच्चालाई छाडेर बिदेसिने महिलाको संख्यामा पनि वृद्धि हुन थालेको छ।

छोरीचेलीलाई जहाँ गए पनि सुखका दिन नआउने रहेछन्। ढिलो विवाह ग¥यो भने समाजमा गन्हाएर बसी भन्ने, चाँडो विवाह गर्‍यो भने व्यवहारले छोप्ने। केही वर्ष बालबच्चा नजन्माई पहिला आफ्नो करियर बनाउनतिर लाग्यो भने घरपरिवार र त्यही समाजले यो त बाँझी आइमाई पो रहिछे भनेर आक्षेप लगाउने।

कतिले आफ्ना काखेबच्चालाई छाडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन्। रूपन्देहीस्थित केरावानी नगरपालिका ४ की फूलकुमारी मुसहर सुकिला पोसाक, मनमा व्यथा र हँसिलो अनुहार लिएर कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट कुवेत प्रस्थान गर्दै थिइन्। उनको कुवेत जाने फ्लाइट रातको दुई बजेको थियो। तर उनी कुवेतको जहाज चढ्न नपाउँदै नेपाल प्रहरीद्वारा समातिइन्।

‘विवाहपछि एकैचोटि सबै पर्दा गाह्रो हुने। जन्मघरमा यस्तो कहाँ सहनुपर्छ र? बिरुवालाई मलजल गरी फूल फुलाउन कति गाह्रो हुन्छ भन्ने कुरा मालीलाई मात्र थाहा हुन्छ। अरूको हातमा परेपछि एकै छिनमा त्यो सुगन्धित फूललाई हत्केलाले निचोर्दाको पीडा के थाहा?’ ती युवतीले गुनासो गरिन्।

‘श्रम स्वीकृतिको नक्कली कागजात भएको हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थाहा पाए। कुवेत जान भनी ऋण गरेर १ लाख ६० हजार एजेन्टलाई तिरेको थिएँ तर अहिले त्यो एजेन्टलाई फोन गर्दा मोबाइल अफ छ। आफ्नो चिनजानको मान्छे पनि होइन एजेन्ट,’ उनी लामो सास तान्दै भन्छिन्, ‘घरपरिवारलाई भनेकी पनि छैन, आफू कुवेत जान नपाएको कुरा। पर्खाइमा होलान् परिवारले कुवेतबाट फोन कहिले आउँछ भनी? अब घर आर्थिक अवस्थाको चटारोमा पर्नु पर्दैन भन्ने सोचाइमा परिवार डुबुल्की मार्दै होला।’

श्रीमान्को सडक दुर्घटनामा परेर अपाङ्ग बने। अबको पूरै जिन्दगी श्रीमतीको हातमा भएको हुँदा घरमा साना बालबच्चालाई छोडेर विदेश जान लागेकी ३३ वर्षीय मुसहरले आफ्नो बाध्यता व्यक्त गरिन्। श्रीमान् र बालबच्चाको रेखदेखका लागि उनी एजेन्टको फोन उठेमा पुनः पहल गरी विदेशै जाने उनको निचोड रहेको छ।

त्यस्तै पीडामा परेकी फुलकुमारीजस्तै रूपन्देहीकी २८ वर्षीय एक युवती पनि दुबई जाने सिलसिलामा गत शुक्रबार त्रिभुवन विमानस्थलबाट फर्किनुपरेको छ। परिवारसँगको नाता प्रमाणित नक्कली रहेको भन्दै उनी मानव बेचबिखन अनुसन्धान ब्युरोमा आफ्नो पासपोर्ट लिन सोमबार आएकी थिइन्।

श्रीमान्को सडक दुर्घटनामा परेर अपाङ्ग बने। अबको पूरै जिन्दगी श्रीमतीको हातमा भएको हुँदा घरमा साना बालबच्चालाई छोडेर विदेश जान लागेकी ३३ वर्षीय मुसहरले आफ्नो बाध्यता व्यक्त गरिन्। श्रीमान् र बालबच्चाको रेखदेखका लागि उनी एजेन्टको फोन उठेमा पुनः पहल गरी विदेशै जाने उनको निचोड रहेको छ।

उनको पनि कथा फूलकुमारीका जस्तै छ। घरको आर्थिक अवस्था नाजुक भएको हुँदा बिदेसिन लागेको उनले सुनाइन्। ती युवती विवाहपछि घरको छानो पनि नहुँदा वर्षाैदेखि रूपन्देहीमा नै भाडामा बस्दै आएको हुँदा घर बनाउनका लागि बिदेसिँदै थिइनन्। ‘श्रीमान् केही नगर्ने हल्लेर हिँड्ने। सानैमा विवाह गरियो। घरपरिवार र श्रीमान्को साथ नपाउँदा पढाइ पनि अधुरो रह्यो,’ उनी भन्छिन्, ‘छोरीचेलीलाई जहाँ गए पनि सुखका दिन नआउने रहेछन्। ढिला विवाह गर्‍यो भने समाजमा गन्हाएर बसी भन्ने, चाडो विवाह गर्‍यो भने व्यवहारले छोप्ने। विवाह गरेको केही वर्ष बालबच्चा नजन्माई पहिला आफ्नो करियर बनाउनतिर लाग्यो भने घरपरिवार र त्यही समाजले यो त बाँझी आइमाई पो रहिछे भनेर आक्षेप लगाउने। अझै यस्तो छ हाम्रो समाज।’

नाम नलेख्नु है नानी भन्दै ती युवतीले आफ्नो व्यथा भनिन्, ‘श्रीमान् र घरपरिवार छोडेर हिँडेमा एउटा घर गरेर खान नसकेकी लाचार भनी अर्को नामले परिचित भइन्छ।’

विवाहपछि एकैचोटि सबै पर्दा गाह्रो हुने। जन्मघरमा यस्तो कहाँ सहनु पर्छ र? ‘विरुवालाई मलजल गरी फूल फुलाउन कति गाह्रो हुन्छ भन्ने कुरा मालीलाई मात्र थाहा हुन्छ। अरूको हातमा परेपछि एकै छिनमा त्यो सुगन्धित फूललाई हत्केलाले निचोर्दाको पीडा के थाहा!,’ ती युवतीले गुनासो व्यक्त गरिन्।

‘स्वदेशमा पढेर सजिलै घरपायक राम्रो जागिर पाउन गाह्रो छ। धेरै ठुलो आकांक्षा पनि केही छैन। दुई वर्षदेखि जागिरको खोजी गर्दा थितिको जागिर कहीं पाइएन,’ उनी भन्छिन्, ‘यसो अनलाइनतिर जब अफर छ भनेर दिएको हुन्छ। त्यो अनलाइनलाई पच्छ्याएर गयो। सुरुमा फर्म भर्नुपर्छ, काम पक्का हो भन्दै फर्म भर्न लगाएको ३ हजार ३५ सय चुना लगाउँछ। होला नि त भनेर फर्म भर्‍यो एक हप्तापछि आउनु, तपाईंको जागिर पक्का भन्छ। पछि काम पाइयो भनी खुसी हुँदै गयो, कम्पनीसहित अफिस नै खाली हुन्छ।’

उनी फेरि थप्छिन्, ‘एजेन्टलाई कल गर्‍यो मोबाइल अफ। स्वदेशमा बसेर आफै ठगिइरहेका छौं। आफ्नै देशमा सुरक्षित छैनौं। विश्वास गरेर कहाँ विदेश जान सकिन्छ। रिक्स लिएरै विदेश जाने हो, बरु काम गरेबापत पैसा त आउँछ। यहाँ त उल्टै कामदारको पैसा खान्छन्।’

यसरी स्वदेशी महिला आफ्नो पीडा लुकाएर परिवारको खुसीका लागि जस्तो दुःख पनि सहन तयार छन्। महिला साच्चै संसारका अद्भुत रचनाकार हुन्। नारीबिना कुनै पनि कथा, काव्य वा यस्तै सिर्जनात्मक कल्पना अपुरो हुन्छ। त्यसैले त हाम्रो धर्म शास्त्रले पनि नारीलाई सबैभन्दा उच्चतम दर्जामा राखेको देखिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोले विदेशमा हुनसक्ने जोखिमबाट बच्न स्वदेशीलाई परामर्श दिँदै फर्काउने गर्छ। यसरी बिदेसिँदै गर्दा नेपाली कामदारहरू विदेशमा गएर दुःख नपाऊन् भन्ने उद्देश्यले भिसा तथा नक्कली श्रम स्वीकृति र मानव बेचबिखनमा पर्न सक्ने शंका भएका व्यक्तिलाई फिर्ता गर्ने गरेको ब्युरोका प्रहरी एसपी कृष्ण पंगेनीले बताए।

यसरी स्वदेशी महिला आफ्नो पीडा लुकाएर परिवारको खुसीका लागि जस्तो दुःख पनि सहन तयार छन्। महिला साच्चै संसारका अद्भुत रचनाकार हुन्। नारीबिना कुनै पनि कथा, काव्य वा यस्तै सिर्जनात्मक कल्पना अपुरो हुन्छ। त्यसैले त हाम्रो धर्म शास्त्रले पनि नारीलाई सबैभन्दा उच्चतम दर्जामा राखेको देखिन्छ।

‘एयरपोर्टबाट नक्कली कागजात भएको तथा विभिन्न केसमा संलग्न व्यक्तिलाई समातेर ल्यायो, फेरि भोलि नै अर्को म्यानपावर वा एजेन्सीबाट विदेश जानलाई पहल गर्छन्,’ उनले भने, ‘हाम्रो चाहना कोही पनि विदेश गएर दुःखको भूमरीमा नपरून् भन्ने हो। केही सिप नभई, आफूले नदेखेको ठाउँमा जान हुन्न भनी विभिन्न तरिकाले परामर्श दिँदा पनि चेतना आउँदैन।’

यो अहिलेको विदेश जाने ट्रेन्डले पढेका नपढेका सबै स्वदेशीलाई विदेश जाने हुटहुटी जागेको छ। विशेष गरेर सिप नभएका र नपढेका व्यक्तिहरू विदेशमा विभिन्न समस्यामा पर्दै आएका प्रहरी एसपी पंगेनीले बताए।

ब्युरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाँदै गरेका स्वदेशीलाई माघदेखि वैशाखसम्म (चार महिना) १ हजार ७ सय ९६ जनालाई जोखिमबाट बच्न परामर्श दिँदै फर्काइएको ब्युरोको तथ्यांकले देखाएको छ। हालसम्म परामर्श दिँदै फर्काइएकाको संख्या भने २ हजार ७ सय ९८ रहेको ब्युरोको तथ्यांकले  बताएको छ।

यो अहिलेको विदेश जाने ट्रेन्डले पढेका नपढेका सबै स्वदेशीलाई विदेश जाने हुटहुटी जागेको छ। विशेष गरेर सिप नभएका र नपढेका व्यक्तिहरू विदेशमा विभिन्न समस्यामा पर्दै आएका प्रहरी एसपी पंगेनीले बताए।

त्यस्तै वैशाख महिनामा मात्र ३ सय १४ जनालाई परामर्श दिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो भने गत महिना चैतमा ६ सय ५३ र फागुनमा ५ सय ५७ जना रहेका थिए। यसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ब्युरोले बिदेसिँदै गरेका स्वदेशीलाई फर्काउने नभई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलद्वारा पनि ३४ जना व्यक्तिलाई जोखिमबाट बचाएका छन्।  

प्रकाशित: २० जेष्ठ २०८० ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App