१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

नौगाड गाउँपालिकामा माओवादी केन्द्र विजयी

दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धन विजयी भएको छ। नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दलजीत सिंह धामी विजयी भएका छन्। धामी तीन हजार ५ सय ८९ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेम सिंह धामी तीन हजार १ सय ९१ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जगत ठगुन्ना तीन हजार ७ सय ६७ मतसहित विजयी भएका छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी गौरी देवी  ठगुन्ना २ हजार ८ सय ६७ मत प्राप्त गरेकी छिन्।

६ वडा रहेको गाउँपालिकामा वडा नम्बर २, ४ र ५ नेकपा एमाले तथा १, ३ र ६ गठबन्धनका उम्मेदवार विजयी भएको  नौगाड गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अध्यक्षका निकटतम प्रतिस्पर्धी धामी निवर्तमान नौगाड गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा नेकपा एमाले दार्चुलाका अध्यक्ष समेत हुन्। अध्यक्षका दुवै जना उम्मेदवार २०७४ सालको स्थानीय तह निर्वाचनका समेत प्रतिस्पर्धी हुन्।

प्रकाशित: १ जेष्ठ २०७९ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App