१६ वैशाख २०८१ आइतबार
image/svg+xml
भिडियो

काठमाडाैंकाे सतुंगलमा आगलागी/ मध्यरातसम्म नियन्त्रणको प्रयास (भिडियो)

तस्बिर : श्रीहरि थापा। भिडियो: सविन भट्टराई/सतुङ्गल

काठमाडौँ - काठमाडाैंकाे सतुंगलमा आगलागी भएकाे छ। सतुंगलमा रहेकाे दीपक कपास उद्योगमा आगलागी भएको हाे।
आगलागी नियन्त्रणकाे प्रयास भइरहेकाे काठमाडौँ प्रहरी परिसरले जानकारी दिएकाे छ। विहिबार साँझ करिब साढे ७ बजेदेखि लागेकाे आगाे निभाउन उपत्यकामा रहेका तीनै जिल्लाका दमकल तथा पानी ट्याङ्करहरु समेत प्रयाेग गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।

आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले समेत प्रयास गरिरहेका छन्।आगलागीका कारण मानवीय  क्षती भने नभएकाे र आगलागीकाे कारण समेत हालसम्म खुल्न नसकेकाे परिसरले जानकारी दिएकाे छ।

प्रकाशित: १९ पुस २०७५ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App